emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

पूर्वमन्त्री भगवती चौधरीको पहलमा एक सय सुरक्षित घर हस्तान्तरण

source e-Madhesh २०८२ मंसिर ११ गते , बिहीबार
0
Shares
137
Views
पूर्वमन्त्री भगवती चौधरीको पहलमा एक सय सुरक्षित घर हस्तान्तरण

ईमधेश न्यूज सम्वाददाता,
सुनसरी, ११ मंसिर ।
सुनसरी जिल्लाका गढी, बर्जु गाउँपालिका, दुहवी र इनरुवा नगरपालिकाका अति विपन्न र भूमिहीन परिवारका लागि निर्माण गरिएका एक सय सुरक्षित घर मंगलबार औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । कार्यक्रम गढी गाउँपालिका–२ को कोलर्हवा सामुदायिक ग्राममा आयोजित थियो।
सुनसरी–३ की निवर्तमान सांसद तथा पूर्वमन्त्री भगवती चौधरीको विशेष पहलमा निर्माण भएका तीन कोठे भूकम्प प्रतिरोधी घरहरू विपन्न परिवारलाई हस्तान्तरण गरिएका हुन्। ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) र बुद्धिष्ट चुजी च्यारिटी फाउन्डेसनको सहयोगमा निर्माण गरिएका घरमा दुई शयनकक्ष, एक भान्सा, शौचालय र खानेपानीका लागि कल जडान गरिएको छ। एक घर निर्माण लागत ६ लाख ५० हजार रहेको छ।
कार्यक्रममा बोल्दै चौधरीले आफ्नो क्षेत्रका दलित, मुसहर, ऋषिदेव जस्ता भूमिहीन नागरिकका दुःख कम गर्ने दीर्घकालीन लक्ष्य अन्तर्गत यो परियोजना पूरा भएको बताइन्। ‘‘वर्षौंदेखि जग्गा–घरविहीन जनताको पीडामा मल्हम लगाउन पाउँदा खुसी लागेको छ,’’ उनले भनिन्।
बुद्धिष्ट चुजी च्यारिटी फाउन्डेसनका उपाध्यक्ष लिन पी यूले विपन्न समुदायको जीवनस्तर परिवर्तनमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाइन्। समाज कल्याण परिषद्का उपाध्यक्ष नन्दलाल माझी र स्थानीय जनप्रतिनिधिहरूले परियोजनाले क्षेत्रमा ठूलो राहत पुगेको बताए।
सो अवसरमा लाभार्थी परिवारलाई घरसँगै लत्ताकपडा र खाद्यान्नसमेत वितरण गरिएको थियो। फरवार्ड नेपालका कार्यकारी निर्देशक द्रब्यराज चौधरीका अनुसार आगामी वर्षहरूमा पनि यस्ता सुरक्षित आवास निर्माण जारी रहनेछ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव