ई-मधेश न्युज
‘शहीद’
“हे युवा, तिमी नै हो राष्ट्रको प्राण
तिमीलाई सम्झी लाग्छ सम्झीयो भगवान् ।
राष्ट्रले चाहेको वेला तिमी नी दिन्छौँ आफ्नो ज्यान
मलाई त लाग्छ अरु कोही छैन तिमीभन्दा महान् ।।
युवाभित्र हुन्छ अथाह र अपार शक्ति
युवा सधै रहन्छ अग्रसर गर्नक राष्ट्रको भवित ।
दुःख र खुस सबैमा स्थिर बनी हिमाल सामान
थुवा नै अघि बढ्द लिएर राष्ट्रको विकास आफ्नो काधमा।।
युवा हुन् राष्ट्रको मान, युवा हुन् राष्ट्रको ज्यान,
युवा हुन् राष्ट्रको दाता, युवा हुन राष्ट्र निर्माता ।
युवा हिडे पानीमा पनि फूल फुल्दछ, युवाको पसिनाले भुईमा पनि सुन झुल्दा
युवा नै राष्ट्रको विकास विकास मूल बन्दछ ।।
युवा गरे रेत पनि बन्न पुग्छ सुन्दर सहर ।
युवाको सङ्कल्प र निश्चय अगाडि केही छैन असम्भव,
है र, यो युवा कस्तो व्यक्ति गुणी
आफू जले पनि प्रदान गर्छ दीप सूर्य बनी
युवा हिडे विकास हिडछ ,
युवा कुर्दै विकास कुद्छ ।
युवा जागे विकास जाग्छ, कस्तो यो अचम्मको सम्बन्ध
युवावर्गलाई सेवा र सम्मान गर्नुपर्ने नै हो हाम्रो राष्ट्रको नीति र धर्म ।।
युवाको पसिना र रगतले नै बनेको छ राष्ट्रको कणकण
युवा लडे साना टुक्रे राज्यहरू पनि हुन पुग्छ एकीकरण ।
युवा बोल्दैन बोल्छ उसको कर्म र कलम
एउटा मात्रै व्यक्ति युवा, जानी र सर्वसम्पन्न ।।
राष्ट्रले सुपुत युवाहरूलाई कोटीकोटी प्रणाम
कहिल्यै भूलने छैन यो जगत् तिम्रो बलिदान ।
हे युवा, तिमी मरे पनि नेपालीको मुटुभत्रि रहन्छौं – अमर
यो जगत जयजयकार गरेकै चिन्नेछ तिमीलाई शहीद भनेर ।।
महेश कुमार राय,
रोयल सेकन्डरी स्कुल ह.क.नपा–३
कक्षा –१०