emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सशस्त्र प्रहरी वेश क्याम्प भारदहद्वारा आगलागी जनचेतनामूलक कार्यक्रम सम्पन्न

source e-Madhesh २०८२ मंसिर ११ गते , बिहीबार
0
Shares
130
Views
सशस्त्र प्रहरी वेश क्याम्प भारदहद्वारा आगलागी जनचेतनामूलक कार्यक्रम सम्पन्न

भुपदेव माली,
राजविराज,११ मंसिर । 
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदहस्थित कंकालिनी भगवती मन्दिर परिसरमा सशस्त्र प्रहरी बल वेश क्याम्प भारदहले आगलागी सम्बन्धी जनचेतनामूलक तालिम सम्पन्न गरेको छ। खडेरीका महिनामा मधेसमा बढ्ने आगलागी जोखिम तथा गृहिणीहरूले गैस चुलो प्रयोग गर्दा हुने सम्भावित दुर्घटनाबारे जानकारी दिन तालिम आयोजना गरिएको हो।
कार्यक्रममा गैस चुलो र सिलिन्डरको सुरक्षित प्रयोगका साथै आकस्मिक आगो नियन्त्रण गर्ने विभिन्न व्यावहारिक विधि प्रदर्शन गरियो। सहभागीहरूलाई आगो लागेपछि तुरुन्त अपनाउनुपर्ने प्राथमिक विधि, आगो फैलिन नदिन प्रयोग हुने सामग्री र दैनन्दिन सावधानीबारे विस्तृत रूपमा प्रशिक्षण प्रदान गरिएको थियो।
वेश क्याम्प भारदहका स.प्र.ना.उ. विकास अधिकारीको नेतृत्वमा सञ्चालित कार्यक्रममा सशस्त्र प्रहरी जवानहरू, इलाका प्रहरी कार्यालय भारदहका प्रमुख प्र.ना.नि. गोविन्द घिसिङ, प्र.स.नि. पवन कुमार सिंह, हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर वीरन्द्र माझी, वडा अध्यक्ष सुरेन्द्र मण्डल, नगरकर्मी, मन्दिर प्रशासन तथा स्थानीय व्यापारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीय तहमा आगलागीबारे सचेतना बढाउन यस्तो कार्यक्रम प्रभावकारी हुने आयोजकहरूले बताएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव