emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जसपा नेपाल सप्तरीद्वारा २८ बुँदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र

source e-Madhesh २०८२ मंसिर १० गते , बुधबार
0
Shares
167
Views
जसपा नेपाल सप्तरीद्वारा २८ बुँदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र

लिलाकान्त यादव,
राजविराज,१० मंसिर । 
 जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीले संविधान संशोधनदेखि पहिचानका आधारमा कोशी प्रदेशको नामाङ्कनसम्मका विभिन्न २८ बुँदे मागसहित प्रधानमन्त्री शुशिला कार्कीलाई ज्ञापनपत्र बुझाएको छ। जिल्ला अध्यक्ष केदार प्रसाद यादवको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलमार्फत ज्ञापनपत्र हस्तान्तरण गरेको हो।
ज्ञापनपत्रमा मधेस विद्रोहको भावना अनुरूप संविधान संशोधन, जेनजी विद्रोहका एजेन्डालाई सम्बोधन, कोशी प्रदेश खारेजी, पहिचानसम्मत नामकरण, अधिकार प्रत्यायोजन, समानुपातिक प्रतिनिधित्व सुनिश्चितता लगायतका मुद्दा समेटिएका छन्। माग पूरा नभए चरणबद्ध र सशक्त आन्दोलनमा उत्रिने चेतावनी जसपाले दिएको छ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ पोखरेलले उक्त माग तुरुन्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाइने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा केन्द्रीय, प्रदेश र जिल्ला संरचनाका पदाधिकारी तथा भातृ संगठनका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
जसपाले पहिल्यै सार्वजनिक गरेको संघर्ष–कार्यक्रमअनुसार देशभर मंसिर १० गते सबै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, ११–१५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका शहर तथा बजार क्षेत्रमा विरोध, कोणसभा तथा जनपरिचालन गर्ने जनाएको छ। मंसिर १९–२१ गते जिल्लास्तरीय धर्ना तथा मंसिर २७ देखि पुस ४ गतेसम्म देशभर जनसभा आयोजना गरिनेछ।
यस्तै, पुस १२ गते विराटनगर, १४ गते जनकपुर, १५ गते वीरगन्ज र १७ गते नेपालगन्ज÷भैरहवामा प्रदेशस्तरीय जनप्रदर्शन तथा विरोधसभा गर्ने कार्यक्रम सार्वजनिक गरिएको जसपा नेपाल सप्तरीले जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव