emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सुशीला कार्की हटाएर सर्वमान्य नागरिक सरकार बनाउनुपर्ने जन प्रजातान्त्रिक पार्टीको माग

source e-Madhesh २०८२ मंसिर १० गते , बुधबार
0
Shares
56
Views
सुशीला कार्की हटाएर सर्वमान्य नागरिक सरकार बनाउनुपर्ने जन प्रजातान्त्रिक पार्टीको माग

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १० मंसिर ।
 जन प्रजातान्त्रिक पार्टी नेपालले प्रधानमन्त्री सुशीला कार्कीलाई हटाई सर्वमान्य नागरिक सरकार गठन गर्न माग गरेको छ। बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले जेन–जी आन्दोलनलाई सम्बोधन गर्नुको साटो सरकार उल्टै धरपकडमा उत्रिएपछि जनतामा गम्भीर अविश्वास पैदा भएको जनाएको हो।
पार्टी अध्यक्ष निरबहादुर श्रेष्ठले जेन–जीमाथिको दमनले सरकारप्रति आक्रोश बढेको आरोप लगाए। उनले सुशासन र भ्रष्टाचारमुक्त देशको जनआकांक्षालाई सरकारले बेवास्ता गरेको दाबी गर्दै “जेन–जीलाई साथ दिएर भ्रष्टाचार अन्त्य गर्छु भन्ने सुशीला कार्की बारबारा फाउण्डेसनको प्रतिनिधि जस्तै भएर काम गरिन्, अब उहाँलाई हटाउनुको विकल्प छैन,” भने।
उपाध्यक्ष मेनुका श्रेष्ठले जेन–जी विद्रोहका क्रममा पनि कलिला युवाहरूले ज्यान गुमाएको स्मरण गर्दै उनीहरूको सपना जोगाउन पार्टी संघर्षमा अग्रसर हुने बताइन्। महासचिव राजेन्द्र नेगीले १६ वर्षमै नागरिकता दिएर मतदान अधिकार नदिनु अन्याय भएको उल्लेख गर्दै अन्तरिम संविधानमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न माग गरे।
पार्टीले विदेशी संस्थाहरूको हस्तक्षेपले देश अस्थिर बनाइरहेको आरोपसमेत लगाएको छ। साथै, माग सम्बोधनका लागि अध्यक्ष श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरिएको जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव