emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूबाट विवाह पञ्चमी–२०८२ को शुभकामना सन्देश

source e-Madhesh २०८२ मंसिर ९ गते , मंगलबार
0
Shares
119
Views
सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूबाट विवाह पञ्चमी–२०८२ को शुभकामना सन्देश

लिलाकान्त यादव,
काठमाडौं, ०९ मंसिर ।
विवाह पञ्चमी–२०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
विवाह पञ्चमी भगवान श्रीराम र माता सीताको दिव्य विवाहको स्मरण गर्ने महत्वपूर्ण धार्मिक–सांस्कृतिक पर्व हो, जसले प्रेम, आदर्श, मर्यादा, सद्भाव, विश्वास र आस्थाका उच्च मूल्यहरूलाई उजागर गर्दछ। मधेश प्रदेशको राजधानी जनकपुरधाममा वर्षेनी मनाइने साताव्यापी विवाहोत्सवले नेपालको समृद्ध संस्कृति, मौलिक परम्परा र सामाजिक एकतालाई अझ जीवन्त बनाई राख्ने कार्य गर्दै आएको छ। राम–सीताको प्रतिमा तथा झाँकीसहित ‘नगरदर्शन’ बाट प्रारम्भ हुने यो महोत्सव ‘फुलबारी लिला’, ‘धनुष यज्ञ’, ‘तिलकोत्सव’, ‘मटकोर’, ‘राम–सीताको स्वयम्बर–विवाह’ लगायतका धार्मिक अनुष्ठान सम्पन्न गर्दै अन्तिम दिन ‘रामकलेवा’सहित समापन हुन्छ।
यस अवसरमा प्रस्तुत गरिने लोकनृत्य, भजन–कीर्तन, लोकगीत–संगीत, सांस्कृतिक झाँकी तथा विविध परम्परागत कार्यक्रमहरूले देशका समुदायहरूलाई एकताको सूत्रमा बाँध्ने महत्वपूर्ण भूमिका खेलेका छन्। भारतको अयोध्याबाट सन्त–महन्थ तथा श्रद्धालु भक्तजनहरूको जन्ती जनकपुर आगमन गर्ने पौराणिक परम्पराले नेपाल–भारतबीचको ऐतिहासिक, रोटीबेटी, सांस्कृतिक र धार्मिक सम्बन्धलाई अझ सुदृढ र प्रगाढ बनाउँदै आएको छ।
अन्त्यमा, सीता–रामको दिव्य स्मरण तथा विशेष पूजाअर्चनाले परिवार, समाज र समग्र राष्ट्रमा सुख, शान्ति, समृद्धि र सद्भाव फैलियोस् भन्ने कामना व्यक्त गर्दछु। विवाह पञ्चमीले हामी सबैलाई सत्य, मर्यादा, सहिष्णुता, मेलमिलाप र परोपकारको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव