emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

३४औँ १६ दिने अभियान बुढीगंगामा सुरु, लैङ्गिक हिंसा अन्त्यका लागि संयुक्त प्रतिवद्धता

source e-Madhesh २०८२ मंसिर ९ गते , मंगलबार
0
Shares
216
Views
३४औँ १६ दिने अभियान बुढीगंगामा सुरु, लैङ्गिक हिंसा अन्त्यका लागि संयुक्त प्रतिवद्धता

ईमधेश न्यूज सम्वाददाता,
विराटनगर, ०९ मंसिर ।
‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नारासहित बुढीगंगा गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सुरु गरिएको छ। इन्सेक कोशी प्रदेश र बुढीगंगा गाउँपालिकाको संयुक्त आयोजनामा कोणसभासहित अभियान आरम्भ गरिएको हो।
सेतो रिबन लगाएर सुरु गरिएको कार्यक्रममा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले लैङ्गिक हिंसा दण्डनीय अपराध भएकाले कुनै पनि प्रकारको हिंसा सहेर नबस्न आग्रह गरे। कानुनी उपचारका व्यवस्था सहज बन्दै गएकाले पीडितले खुला रूपमा आवाज उठाउनु पर्ने उनले बताए। लैङ्गिक उत्तरदायी बजेट र सामाजिक समावेशी शासनका लागि गाउँपालिका प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।
कार्यक्रममा इन्सेक कोशी प्रदेश संयोजक मनोहर कुमार पोखरेलले लैङ्गिक समानता स्थापित नगरी दिगो विकास, शान्ति र समृद्धि सम्भव नहुने बताए। उनले १६ दिने अभियानको ऐतिहासिक पृष्ठभूमि सुनाउँदै लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि, समस्या पहिचान तथा समाधान खोजीमा सहकार्य महत्त्वपूर्ण हुने उल्लेख गरे। पोखरेलका अनुसार इन्सेकले मानव अधिकार अनुगमन, अभिलेखीकरण, नीति पैरवी तथा न्याय पहुँच विस्तारका कार्यक्रममार्फत लैङ्गिक हिंसा न्यूनीकरणमा काम गर्दै आएको छ।
गाउँपालिका उपाध्यक्ष अमृता कुमारी गच्छदारको अध्यक्षता तथा महिला बालबालिका शाखा प्रमुख निश्चलता कार्कीको सञ्चालनमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, प्रहरी, शिक्षक, महिला समूह र नागरिक समाजको सक्रिय सहभागिता रहेको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव