emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले जेलेन्स्कीको उदय हुन सक्छ: आहुतिर्

source e-Madhesh २०८२ मंसिर ८ गते , सोमबार
0
Shares
70
Views
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले जेलेन्स्कीको उदय हुन सक्छ: आहुतिर्

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०८ मंसिर ।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुतिले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुने चेतावनी दिएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा ‘वैज्ञानिक समाजवादी कार्यक्रम’ सार्वजनिक गर्दै उनले भौगोलिक तथा सांस्कृतिक विविधता भएको देशमा प्रत्यक्ष कार्यकारी प्रणालीले शक्ति केन्द्रीकरण बढाउने र विविधता अस्वीकार गर्ने बताए। यस्तो प्रणाली लागू भए युक्रेनका जेलेन्स्की जस्ता आकस्मिक पात्रहरू उदाउने खतरा रहने उनको भनाइ थियो।
आहुतिले हालसम्मका राजनीतिक व्यवस्थाले श्रमिक, किसान, महिला, आदिवासी–जनजाति लगायत उत्पीडित वर्गको प्रतिनिधित्व सुनिश्चित गर्न नसकेको आरोप लगाए। निश्चित प्रतिनिधि र वर्गका हितमा नीतिहरू केन्द्रित हुँदा असमानता बढेको उल्लेख गर्दै उनले वैज्ञानिक समाजवादमा आधारित वैकल्पिक संरचना आवश्यक रहेको बताए।
उनका अनुसार नयाँ कार्यक्रमले राज्य संरचना, शासन प्रणाली, निर्वाचन विधि र शक्तिको बाँडफाँडमा नेपाली विशेषता अनुसारको स्पष्ट खाका प्रस्तुत गर्दछ। संघीयताको वर्तमान पिरामिड मोडेलले शोषण बढाउने भएकाले समतलीय र सहमतिय संरचनाबाट सबै समुदायलाई नेतृत्वमा सहभागी गराउनुपर्ने उनले जोड दिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव