emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

नेपाली कम्युनिस्ट पार्टी हुम्लाले काठमाडौंमा पार्टी एकता सन्देश प्रवाह कार्यक्रम सम्पन्न

source e-Madhesh २०८२ मंसिर ६ गते , शनिबार
0
Shares
59
Views
नेपाली कम्युनिस्ट पार्टी हुम्लाले काठमाडौंमा पार्टी एकता सन्देश प्रवाह कार्यक्रम सम्पन्न

काठमाडौं, मंसिर ६ ,नेपाली कम्युनिस्ट पार्टी हुम्ला जिल्ला समितिले काठमाडौंमा रहेका हुम्लावासीबीच भेटघाट तथा पार्टी एकताको सन्देश प्रवाह कार्यक्रम सम्पन्न गरेको छ। शनिबार राजधानीको संवाद डबलीमा आयोजित कार्यक्रममा हुम्लाका विभिन्न नेताहरूले बदलिँदो राजनीतिक परिस्थितिमा एक दर्जनभन्दा बढी पार्टीहरू एकता प्रक्रियामा समेटिँदै समाजवादी क्रान्तिको यात्रा अघि बढेको दाबी गरे। एकता प्रक्रियामा संलग्न नेता कर्णजित बुढाथोकी ‘सुशील’ले विगतका कमी–कमजोरीहरूको सामीक्षा गर्दै नयाँ प्रतिबद्धतासहित सबै एकताबद्ध भई अघि बढ्नुपर्नेमा जोड दिएका थिए। त्यस्तै, नेता हस्तबहादुर शाहीले पुष्पलालले स्थापना गरेको कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइ दिने उद्देश्यले पार्टी एकता भएको भन्दै हुम्ला सर्केगाड उपनिर्वाचनमा बनेको समाजवादी मोर्चाले एकताको आधार तयार पारेको बताए। विघटित प्रतिनिधि सभा सदस्य छिरिङ डम्डुल लामाले विभाजनबाट थकित जनताले अब एकताको महाअभियानलाई साथ दिने समय आएको उल्लेख गर्दै इमान्दार प्रतिबद्धतासाथ लाग्न सबैलाई आग्रह गरे। संविधान सभा सदस्य छिमी लामाले पार्टीलाई गुट–उपगुटबाट जोगाउनुपर्ने र हुम्लामा गुटबन्दी नरहेको दाबी गर्दै एकताको सन्देश जनतासम्म पुर्‍याउन नेतृत्वले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने धारणा राखे। युवा नेता डा. दीपेन्द्र रोकायाले काठमाडौंमा रहेका कार्यकर्ताहरूलाई गाउँ–बस्तीमा फर्केर एकताको नयाँ अध्यायलाई जनस्तरसम्म पुर्‍याउन अपिल गरे। महिला नेतृ सिता शाही र पेमा लामाले अवसरवाद छाडेर एकताको मूल भावना लिएर अघि बढ्नुपर्नेमा जोड दिए। एमालेबाट विद्रोह गरेका देविलाल रावलले केपी ओली प्रवृत्तिले कम्युनिस्ट आन्दोलनमा क्षति पुर्‍याएको र त्यसको पूर्ति नेपाली कम्युनिस्ट पार्टीले गर्ने विश्वास व्यक्त गरे। कार्यक्रममा युवा नेता मदन परियार र लोकगायक नवराज भण्डारीले देउडा गीत प्रस्तुत गर्दै वातावरणलाई उत्साहित बनाएका थिए। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। अब यो अभियान नेपालगञ्ज, सुर्खेत हुँदै हुम्लाका सबै पालिका, वडा, टोल र घर–घरसम्म विस्तार गरिनेछ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव