emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जसपाको समाजवादी युवा संघ ७९ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन

source e-Madhesh २०८२ मंसिर ६ गते , शनिबार
0
Shares
118
Views
जसपाको समाजवादी युवा संघ ७९ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन

काठमाडौं, मंसिर ६ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो भातृ संगठन समाजवादी युवा संघ नेपालको ७९ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको छ। जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार युवा नेता मनिष यादवलाई केन्द्रीय समाजवादी युवा संघको अध्यक्षत जिम्मेवारी दिइएको छ। नवगठित समितिमा रेणुराज सिंह, चिरञ्जिवी यादव र रविन पाख्रिन उपाध्यक्ष चयन भएका छन्। त्यस्तै, दीपेन्द्र कापडी महासचिवमा नियुक्त भएका छन् भने सौरभ शर्मा, कमल नेम्वाङ, शिवराज बेघा, राजु यादव र विनय यादव पाँच सचिव रहेका छन्। शत्रुधन यादवलाई कोषाध्यक्षको भूमिकामा जिम्मेवारी दिइएको छ। समाजवादी युवा संघका इन्चार्ज विक्की यादवका अनुसार पदाधिकारी तथा सदस्यहरूको सपथ ग्रहण मंसिर १५ गते काठमाडौंमा विशेष कार्यक्रममा आयोजना हुनेछ। तदर्थ समितिलाई छ महिनाभित्र वडादेखि केन्द्रसम्म संगठन निर्माण गरी निर्वाचन सम्पन्न गर्ने कार्यभार जिम्मेवारीस्वरूप दिइएको उनले बताए। अध्यक्ष मनिष यादवका अनुसार संगठन निर्माण, विस्तार तथा संघीय निर्वाचन केन्द्रित आगामी कार्ययोजना छिट्टै सार्वजनिक गरिनेछ। उनका अनुसार युवा संघले देशभर वडा, पालिका, जिल्ला र प्रदेश तहसम्म संगठन विस्तार, युवा अभियान सुदृढीकरण तथा पार्टीको राजनीतिक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने लक्ष्य लिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव