emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

विश्व बाल दिवस: “My Day, My Rights” नारासहित विश्वभर कार्यक्रम

source e-Madhesh २०८२ मंसिर ४ गते , बिहीबार
0
Shares
159
Views
विश्व बाल दिवस: “My Day, My Rights” नारासहित विश्वभर कार्यक्रम

 प्रत्येक वर्ष नोभेम्बर २० मा मनाइने विश्व बाल दिवस यस वर्ष “My Day, My Rights” नारासहित विश्वभर विभिन्न कार्यक्रमका बीच मनाइँदैछ। संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धीलाई आधार मानेर मनाइने यो दिवसले बालबालिकाको अधिकार, संरक्षण र उनीहरूको आवाजलाई सम्मान गर्ने सन्देश दिन्छ।
बालअधिकार महासन्धीअनुसार १८ वर्ष वा त्यसभन्दा कम उमेरका व्यक्तिलाई बालबालिका मानिन्छ। महासन्धीले सम्पूर्ण देश तथा समुदायमा बालमैत्री कानुन, नीति र वातावरण निर्माण गर्ने आग्रह गर्दै आएको छ।
नेपालसहित विश्वका धेरै देशमा गरीबी, असमानता, द्वन्द्व, कुपोषण, शिक्षा अभाव, दुरुपयोग र हिंसा बालबालिकामाथि पर्ने मुख्य चुनौतीका रूपमा देखिएका छन्। अहिले पनि विश्वभर लाखौं बालबालिका हिंसा, द्वन्द्व र विस्थापनबाट पीडित छन्।
नेपालमा पनि यस वर्ष बालअधिकार हननका घटनामा वृद्धि भएको सम्बन्धित निकायहरूले बताउँदै आएका छन्। झापामा बालकको हत्या घटनापछि जनआन्दोलनमा गरिएको दमन र त्यसबाट भएका मृत्यु–हताहतीले बालसुरक्षा प्रति राज्य संरचनाको कमजोरी फेरि एकपटक उजागर गरेको थियो।
विशेषज्ञहरूका अनुसार सामान्य रोग, कुपोषण, स्वच्छ पानीको अभाव तथा विद्यालयबाहिर रहनुजस्ता समस्याले अझै पनि बालबालिकाको जीवन जोखिमग्रस्त बनाइरहेको छ। द्धन्द्व, घरेलु हिंसा तथा मानव तस्करीजस्ता अपराधमा फस्ने सम्भावना पनि उल्लेख्य रूपमा बढिरहेको छ।
विश्व बाल दिवसको अवसरमा नेपाल तथा विश्वभर सरकारी तथा गैर–सरकारी संस्थाहरूले सेमिनार, गोष्ठी, खेलकुद तथा विविध सृजनात्मक कार्यक्रम आयोजना गरी बालबालिकालाई मनोबल वृद्धि तथा क्षमताप्रदर्शनका अवसर प्रदान गर्दैछन्।
विशेषगरी यस वर्षको नारा “My Day, My Rights” ले बालबालिकाको आवाज सुन्न, उनीहरूको अनुभूति बुझ्न र उनीहरूलाई असर गर्ने निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।
नेपाल तथा विश्वभरका बालबालिकाको अधिकार, सुरक्षा र विकास सुनिश्चित गर्न सरकार, समुदाय तथा प्रत्येक नागरिकको साझा प्रयास अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव