emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधेश प्रदेशका सभामुख मण्डल दुई–तिहाइ बहुमतले पदमुक्त

source e-Madhesh २०८२ मंसिर ४ गते , बिहीबार
0
Shares
46
Views
मधेश प्रदेशका सभामुख मण्डल दुई–तिहाइ बहुमतले पदमुक्त

ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, ०४ मंसिर ।
 . मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल दुई–तिहाइ बहुमतले पदमुक्त भएका छन्। सभामुखले पदानुकूल आचरण नगरेको आरोपसहित प्रस्तुत प्रस्ताव सभामा बहुमतले पारित भएको हो।
प्रस्तावकहरूमध्ये सांसद कुमारकान्त झाले पेश गरेको प्रस्तावमा ७६ मत परेको प्रदेश सभाले जनाएको छ। यो संख्या सभाको तत्काल कायम पूर्ण सदस्य संख्या अनुसार आवश्यक दुई–तिहाइ (७२) बहुमतभन्दा बढी भएकाले प्रस्ताव पारित भएको मानिएको छ।
प्रदेश सभा कार्यसञ्चालन नियमावली २०७५ को नियम १८० बमोजिम दर्ता गरिएको उक्त प्रस्ताव नियम १८२ को उपनियम (४) अनुसार मतदानमा लगिएको थियो। नेपाल संविधानको धारा १८२(६)(ग) र नियमावलीका प्रावधानअनुसार प्रस्ताव पारित भएपछि सभामुख मण्डल स्वतः पदमुक्त भएका छन्।
मधेश प्रदेश सभाले जारी गरेको सूचनामा प्रस्ताव पारित भएसँगै सभामुख मण्डलको पदावधि तत्काल प्रभावबाट समाप्त भएको उल्लेख छ।
पदानुकूल आचरण नगरेको आरोपमा दर्ता भएको यो प्रस्ताव हालसम्म मधेश प्रदेश सभामा पारित भएको उच्च–स्तरीय संवैधानिक प्रक्रियामध्ये एक मानिएको छ। सभामुख पद रिक्त भएपछि नियमावलीअनुसार अब सभा बैठक उपसभामुखद्वारा सञ्चालन हुने व्यवस्था छ।
प्रदेश सभाले पदमुक्तिको निर्णय सम्बन्धित सबै पक्षलाई जानकारीको लागि सार्वजनिक गरेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव