emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

एशियन लेदर उद्योग सञ्चालनपछि स्थानीयद्वारा तालाबन्दी, दुहबीमा तनाव

source e-Madhesh २०८२ मंसिर ३ गते , बुधबार
0
Shares
103
Views
एशियन लेदर उद्योग सञ्चालनपछि स्थानीयद्वारा तालाबन्दी, दुहबीमा तनाव

ईमधेश न्यूज सम्वाददाता,
सुनसरी, ०३ मंसिर ।
सुनसरीको दुहबी नगरपालिका–६ मा अवस्थित एशियन लेदर उद्योग सञ्चालनमा आएपछि स्थानीयवासीले वातावरणीय प्रदूषणको आरोप लगाउँदै अनिश्चितकालीन तालाबन्दी गरेपछि क्षेत्र तनावग्रस्त बनेको छ। उद्योगबाट फैलिने दुर्गन्ध, फोहोर व्यवस्थापनको समस्या र स्वास्थ्य जोखिमका कारण दैनन्दिन जीवन प्रभावित भएको भन्दै छाला फ्याक्ट्री पीडित संघर्ष समितिले कात्तिक २६ गतेदेखि उद्योग बन्द गराउँदै आएको हो।
स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक अधिकार उल्लङ्घन भएको भन्दै इन्सेक कोशी प्रदेशले एशियन लेदर उद्योग, कोशी प्रदेश सरकार र दुहबी नगरपालिकालाई विपक्षी बनाएर उच्च अदालत विराटनगरमा परमादेशको रिट दर्ता गरेको छ। उद्योगले वातावरणीय प्रभाव मूल्यांकन (भ्क्ष्ब्) प्रभावकारी रूपमा कार्यान्वयन नगरेको रिटमा उल्लेख छ।
उच्च अदालतले असोज २७ को लागि सुनुवाइ तोकेको थियो। तर भदौ २३ र २४ मा जेएनजी आन्दोलनका क्रममा अदालतमा भएको आगजनीमा मुद्दाका अभिलेख जलेपछि रिट प्रक्रियामा ढिलाइ भएको छ।
यसैबीच, मंसिर २ मा जिल्ला प्रशासन कार्यालय सुनसरी, प्रदेश सरकार र नगरपालिकाको संयुक्त अनुगमनका क्रममा स्थानीयले टायर बालेर विरोध प्रदर्शन गरेपछि एकछिन झडपको स्थिति पनि उत्पन्न भएको थियो।
स्थानीयवासीले एशियन लेदर र युनाइटेड टेनेरिज उद्योगले वर्षौंदेखि वातावरणीय क्षति पुर्याउँदै आएको आरोप लगाउँदै कडा कारबाही र वातावरणीय मापदण्डको पूर्ण कार्यान्वयन माग गरिरहेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव