emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

विपक्षी सांसदहरूले प्रदेशसभा बैठक आह्वान गर्न उपसभामुखलाई पत्र बुझाए

source e-Madhesh २०८२ मंसिर २ गते , मंगलबार
0
Shares
149
Views
विपक्षी सांसदहरूले प्रदेशसभा बैठक आह्वान गर्न उपसभामुखलाई पत्र बुझाए

ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, ०२ मंसिर ।
 मधेश प्रदेशमा विपक्षी सांसदहरूले प्रदेशसभा बैठक बोलाउन उपसभामुख बबिता राउत ईसरलाई मंगलबार पत्र बुझाएका छन्। उनीहरूले सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको पदअनुकूल आचरण नगरेको प्रस्तावको छलफल अघि बढाउन बैठक आह्वान गर्न माग गरेका हुन्।
विपक्षी दलको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले ३२ सांसदहरूको हस्ताक्षरसहित उपसभामुख समक्ष लिखित आग्रह गरे। साहका अनुसार, २५ प्रतिशत सदस्यको मागमा बैठक बोलाउने प्रावधान प्रदेशसभाको नियमअनुसार लागू हुन्छ।
पत्र बुझाउन पुगेका जनता समाजवादी पार्टीका सचेतक रामअशिष यादवले सभामुखविरुद्ध दर्ता प्रस्तावको छलफल प्रक्रिया अगाडि बढाउनुपर्ने बताए। बैठक आह्वानमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, नेकपा एकीकृत समाजवादी पार्टी र माओवादी केन्द्रका सांसदहरू सहभागी छन्।
उक्त बैठक मंसिर ३ गते बुधबार बोलाउने प्रस्ताव गरिएको छ। विपक्षी सांसदहरूले सभा आह्वानका माध्यमबाट सभामुखको कार्यप्रणालीमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्ने उद्देश्य राखेको जनाइएको छ। यस कदमले प्रदेशसभामा राजनीतिक प्रक्रिया सक्रिय बनाउने र आवश्यक छलफल सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव