emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

राजविराजमा प्रशासन–प्रहरीविरुद्ध जेनजी पुस्ताको सडक आन्दोलित प्रदर्शन

source e-Madhesh २०८२ मंसिर २ गते , मंगलबार
0
Shares
172
Views
राजविराजमा प्रशासन–प्रहरीविरुद्ध जेनजी पुस्ताको सडक आन्दोलित प्रदर्शन

लिलाकान्त यादव,
राजविराज, ०२ मंसिर ।
 जेनजी पुस्ताले प्रमुख जिल्ला अधिकारी (सिडिओ) टुवराज पोखरेल र प्रहरी उपरीक्षक (एसपी) गौतम कुमार केसीविरुद्ध विरोध प्रदर्शन गरेका छन्। नेपाल खानेपानी संस्थान राजविराज शाखामा गरिएको तालाबन्दी प्रशासन र प्रहरीले बल प्रयोग गरी खोलिदिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका हुन्।
जेनजी अगुवा मो. मुस्तकिम आलमको नेतृत्वमा प्रदर्शनकारीहरूले जिल्ला प्रशासन कार्यालय र खानेपानी संस्थान अगाडि टायर बाल्दै नाराबाजी गरे। “जेनजी पुस्ताको माग पूरा गर”, “ताला चोर बाटाबाट फुटाउन पाइँदैन”, “सिडिओ–एसपी जिल्ला छोड” जस्ता नारा लगाउँदै सडकमा उत्रिएका थिए।
जेनजी समूहले आइतबार संस्थानमा दबाब स्वरूप तालाबन्दी गरेका थिए। सोमबार प्रशासनले समन्वयबिना ताला फुटाएको आरोप उनीहरूको छ। शान्तिपूर्ण आन्दोलन दबाउन बल प्रयोग गरिएकोले सडकमा उत्रिन बाध्य भएको जेनजी अगुवाले बताए।
युवाहरूले कार्यालय प्रमुख राजाराम यादवलाई यथावत राख्न र जनभावना विपरीत कदम नचाल्न चेतावनी दिँदै, माग सम्बोधन नभए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी पनि दिएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव