emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

एकतापछि नेकपाका नेताहरुको आरोप– ‘विदेशी प्रभावमा चलेको सरकार घातक’

source e-Madhesh २०८२ मंसिर १ गते , सोमबार
0
Shares
176
Views
एकतापछि नेकपाका नेताहरुको आरोप– ‘विदेशी प्रभावमा चलेको सरकार घातक’

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०१ मंसिर ।
नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी)बीच औपचारिक एकता घोषणा भएको छ। राजधानीको संवाद डबलीमा मंगलबार आयोजित कार्यक्रममा दुवै पार्टीका नेताहरूले वर्तमान राजनीतिक व्यवस्था विदेशी हस्तक्षेपमा सञ्चालन भइरहेको भन्दै कडा आलोचना गरे।
लोक नारायण सुवेदी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र अम्बिकाप्रसाद थैब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) एक भई “नेपाल कम्युनिस्ट पार्टी” नाममा नयाँ संरचना बनेको घोषणा गरिएको हो। एकता कार्यक्रमपछि संयोजक सुवेदीले ‘नेकपा’ नाम दर्तामा प्रचण्डले “बलमिच्याइँ” गरेको भन्दै सर्वोच्च अदालत जाने चेतावनी दिए।
सुवेदीले जेन्जी आन्दोलनपछि बनेको सरकार जनमुखी नभई विदेशी स्वार्थअनुसार चलेको आरोप लगाए। “भारतीय टाउको र अमेरिकी हातखुट्टावाला सरकार देशका लागि घातक छ,” उनले भने। अहिले कम्युनिस्टहरूबीच ध्रुवीकरण जरुरी रहेको उनको धारणा थियो।
माक्र्सवादी अध्यक्ष अम्बिकाप्रसाद थैबले वर्गसंघर्ष र राजनीतिक अस्थिरता चिर्न यो एकता अपरिहार्य भएको बताए। नवगठित पार्टीले माक्र्सवाद–लेनिनवाद–माओवादलाई मार्गदर्शक विचारको रूपमा अपनाएको छ।
कार्यक्रममा विभिन्न वाम पार्टीका नेताहरूले राष्ट्रिय स्वाधीनता, जनअधिकार र राजनीतिक स्थायित्वका लागि कम्युनिस्ट शक्तिहरूबीच व्यापक एकता आवश्यक रहेको उल्लेख गरे।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव