emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधेशका पाँच सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

source e-Madhesh २०८२ मंसिर १ गते , सोमबार
0
Shares
191
Views
मधेशका पाँच सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, ०१ मंसिर ।
सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच सांसदलाई सभामुखले गरेको पदमुक्ति निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले बिहीबार जारी गरेको अन्तरिम आदेशमार्फत पाँचै जनाको पद यथावत् राख्न निर्देश दिएको हो।
कात्तिक २७ गते सभामुख रामचन्द्र मण्डलले लगातार १० बैठकमा अनुपस्थित रहेको भन्दै जसपा नेपालका चार र नागरिक उन्मुक्ति पार्टीकी एक सांसदलाई पदमुक्त गरेका थिए। पदमुक्त हुनेमा जसपाका मनिष कुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार, सारदाशंकर साह कलवार र नागरिक उन्मुक्तिकी उर्मिला सिंह छन्।
सभामुखको निर्णयलाई एकपक्षीय र मनपरी भएको दाबी गर्दै सांसदहरूले सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा नियमावली विपरीत राजनीतिक प्रतिशोधका आधारमा पदमुक्त गरिएको आरोप लगाइएको छ।
रिटको प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले सभामुखको कदममा प्रश्न उठाउन सकिने देखिएको उल्लेख गर्दै विवाद समाधान नभएसम्म पदमुक्ति प्रभावमा नआउने व्यवस्था मिलाएको छ।
मधेश प्रदेशमा पछिल्ला दिनमा राजनीतिक तनाव तीव्र बनेको छ। सभामुखविरुद्ध महाअभियोग दर्ता, मुख्यमन्त्री नियुक्ति विवाद र प्रदेशसभाभित्र हाताहातसम्म पुगेका घटनाले अवस्थालाई थप जटिल बनाएको छ। अदालतको आदेशपछि प्रदेशको राजनीतिक द्वन्द्व अझ अन्योलतिर उन्मुख भएको देखिन्छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव