emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

नेकपा एमाले सिरहा जिल्ला कमिटीद्वारा माेटरसाईकल र्याली प्रदर्शनका साथ आम सभाकाे आयोजना

source e-Madhesh २०८२ कार्तिक २८ गते , शुक्रबार
0
Shares
184
Views
नेकपा एमाले सिरहा जिल्ला कमिटीद्वारा माेटरसाईकल र्याली प्रदर्शनका साथ आम सभाकाे आयोजना

 शिव कुमार साह

कार्तिक २९ सिरहा|

 नेकपा एमाले पार्टीले वर्तमान अवस्थामा देखापरेको प्रतिगमनसम्बन्धी गतिविधि र संसद पुनःस्थापनाको मागलाई जाेडदाररुपमा जनतामाझ स्पष्ट पार्ने उद्देश्यले मुलुकभरी यस्ताे कार्यक्रमका आयाेजना गरेकाे कुरा नेकपा एमाले मधेश प्रदेश ईन्चार्ज एवं पुर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठले जनाउनु भएको छ । उहाँले भदौ २४ पछि उत्पन्न राजनीतिक परिस्थितिको व्याख्या गर्ने, संवैधानिक प्रक्रियाविपरीत गरिएको संसद विघटनको विरोध जनाउने र आगामी राजनीतिक कदमबारे जनस्तरमा धारणा निर्माण गर्ने उद्देश्यले यी प्रदर्शनहरू गरेकाे जनाउनु भयो नेकपा एमाले पार्टीका अध्यक्ष निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेल नेल देखि राणा कालकाे अन्त गरेर देशमा संघीय लाेकतन्त्र स्थापना गरेको नेता हाे,हामीले कुन गल्ती गरेका थियौं कि हाम्रो वस्ने घर जलायाे आज सम्म यहाँका जनतालाई निस्वार्थरुपमा सेवागरेकाे प्रस्ट पार्नु भयो । हाम्रो पार्टी अध्यक्षले आफ्नो सम्पत्ति देशकाे नाममा दान गरेकाे आदरणीय नेता हुनुहुन्छ नेकपा एमाले चान चुने पार्टी हाेईन अन्याय अत्याचार र भ्रष्टाचारको बिरुद्धमा चट्टानी अडानकासाथ लड्ने पार्टी हाे । हामी जनताको सेवक हाैं सदैव जुनसुकै अवस्था जनताका सेवागर्न रतिभर पछि नहट्ने जस्ता सानदर्भिक मन्तव्य हजारौंको जनसहभागितामा व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी पार्टीका जिल्ला कमिटी अध्यक्ष अशाेक कुमार यादवले पार्टीका केन्द्रीय सर्कुलर अनुसारकाे सबै कार्यक्रममा उत्साहजनक उपस्थित जनाएर कार्यक्रम सफल बनाउने पार्टीका सबै ओहदाका नेता कार्यकर्ताहरुलाई धन्यवाद दिएकाे थियो । यसअघि, पार्टीले मंगलबार देशका ७५३ स्थानीय तह–गाउँपालिकामा व्यापक भेला सम्पन्न गरेको थियो। त्यस अघि कात्तिक २२ गते देशका ६ हजार ७४३ वडामा पनि संगठन विस्तार तथा राजनीतिक स्पष्टिकरणका कार्यक्रम गरिएको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव