emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जनकपुरमा सात दलीय मोर्चाको आक्रोशपूर्ण प्रदर्शन

source e-Madhesh २०८२ कार्तिक २९ गते , शनिबार
0
Shares
148
Views
जनकपुरमा सात दलीय मोर्चाको आक्रोशपूर्ण प्रदर्शन

 

ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, २९ कार्तिक ।
 मधेश प्रदेशको सत्ता–राजनीतिमा बढ्दो विवादसँगै जनकपुरमा सातदलीय मोर्चाले आज फेरि प्रदर्शन गरेको छ। सरकार गठनमा भएको राजनीतिक हस्तक्षेप तथा सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता गरिएको प्रस्ताव रोकिएको भन्दै मोर्चाले सडकमा उत्रिएर विरोध जनाएका हुन्।
शनिबार बिहानदेखि मोर्चाका कार्यकर्ताले प्रदेशसभा भवनअगाडि नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्। सभामुखविरुद्धको प्रस्ताव बुझाउन सांसदहरू प्रदेशसभा सचिवालय पुगेका बेला हातपातसमेत भएको थियो। त्यसपछि सभामुख मण्डलले सात दलका पाँच जना सांसदलाई पदमुक्त गरेका थिए। यही निर्णयको विरोधमा मोर्चा संघर्षमा उत्रिएको हो।
उता, सम्भावित झडपलाई मध्यनजर गर्दै प्रहरीले प्रदेशसभा क्षेत्र र जनकपुरको मुख्य चोक–चोकमा बाक्लो सुरक्षा व्यवस्था गरेको छ। स्थिति नियन्त्रित राख्न नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै परिचालन गरिएको जनाइएको छ।
सातदलीय मोर्चाले सभामुखको तत्काल राजीनामा र प्रदेशसभाको नियमित कार्य सञ्चालन सुनिश्चित गर्न माग राख्दै आन्दोलन निरन्तर रहने चेतावनी दिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव