emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

शुसिला कार्कीको औचित्य समाप्त, राजीनामा दिनुपर्छ: पहिला देश

source e-Madhesh २०८२ कार्तिक २९ गते , शनिबार
0
Shares
52
Views
शुसिला कार्कीको औचित्य समाप्त, राजीनामा दिनुपर्छ: पहिला देश

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २९ कार्तिक ।
  पहिला देश (पिलुल्स रिभोल्यूसन)ले शुसिला कार्की नेतृत्वको सरकार जनआकांक्षा र जेन्जी विद्रोहको भावना अनुसार चल्न नसकेको आरोप लगाउँदै उनको तत्काल राजीनामा माग गरेको छ। बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संगठनले मंसिर ५ देखि पुष १० गतेसम्म पूर्व–पश्चिम महासंकल्प यात्रा सुरु गर्ने घोषणा पनि गरेको छ।
संयोजक एसपी शाहले वर्तमान सरकारले जेन्जीको बलिदानको मूल्य नबुझी पुरानै राजनीतिक शैली दोहोर्याएको आरोप लगाए। उनले सरकारको विफलताले देश अप्ठ्यारो मोडमा पुगेको भन्दै प्रधानमन्त्री कार्कीको विस्थापन आवश्यक भएको बताए।
प्रवक्ता डा. निकोलस भुसालले जेन्जी आन्दोलनमा गोली चलाउन आदेश दिने तत्कालीन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई कारबाही नगरी उल्टै आन्दोलनकारीलाई पक्राउ गर्नुलाई “गैरन्यायिक” भने। उनका अनुसार भ्रष्टाचार र कुशासनलाई रोक्ने अपेक्षा पूरा नभएकाले सरकारको औचित्य समाप्त भइसकेको छ।
सचिवालय सदस्य धरणीधर दाहालले “शुसिला कार्की सिंहदरबारमा फोटो झुन्ड्याउन मात्रै आएकी हुन्” भन्दै प्रत्यक्ष कार्यकारी प्रमुख चयन नभएसम्म फागुन २१ को चुनाव हुन नदिने चेतावनी दिए।
महासंकल्प यात्रा ताप्लेजुङबाट सुरु भएर लिम्पियाधुरा पुग्ने र मार्गमा प्रदेश–प्रदेशमा जनसम्पर्क कार्यक्रम चलाइने संगठनले जनाएको छ। यात्रा सकिएको पाँच दिनपछि, पुष १५ गते काठमाडौंमा वृहत राष्ट्रिय भेला हुने पिलुल्स रिभोल्यूसनले जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव