emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधेश सभामुखविरुद्ध पद–अनुकूल आचरण नगरेको आरोप, प्रदेशसभा सचिवालयमा तनाब

source e-Madhesh २०८२ कार्तिक २८ गते , शुक्रबार
0
Shares
59
Views
मधेश सभामुखविरुद्ध पद–अनुकूल आचरण नगरेको आरोप, प्रदेशसभा सचिवालयमा तनाब

ईमधेश न्यूज सम्वाददाता,
जनकपुर, २७ कार्तिक ।
 मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध सात दलबारे पद अनुकूल आचरण नगरेको प्रस्ताव दर्ता गर्ने क्रममा बिहीबार प्रदेशसभा सचिवालयमा ठूलो तनाब सिर्जना भएको छ। सात दलका संसदीय दलका नेता र सांसदहरू संयुक्त रूपमा सचिवालय पुगेर प्रस्ताव बुझाउने प्रयत्न गर्दै थिए।
प्रस्ताव दर्ताका लागि सांसदहरू उपसभामुख बबिता राउतको कार्यकक्षमा बसेका थिए। तर, सचिवालयका कर्मचारीहरूले कार्यालय समय सकिएको, कर्मचारी नहुँदा र विद्युत् नआएको भन्दै दर्ता प्रक्रिया अघि नबढाउँदा विवाद चर्किएको थियो। जसपाका प्रमुख सचेतक आशिष यादवका अनुसार सभामुख मण्डलले सांसदहरूमाथि अभद्र व्यवहार तथा हातपातसमेत गरेका छन्।
करिब ६ बजे सभामुख मण्डल आफ्ना समर्थकसहित सचिवालय पुगेपछि स्थिति झन् तनावग्रस्त बनेको जनाइएको छ। जनमतका सांसद चन्दन सिंह, लोसपाका सांसद उपेन्द्र महतोलगायतलाई मण्डलले हातपात गरेको आरोप लगाइएको छ। माओवादी संसदीय दलका नेता भरत साहले सभामुखको व्यवहार अत्यन्त आक्रामक रहेको बताए।
करिब डेढ घण्टा घेराबन्दीमा परेका सांसदहरूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको जसपाका सांसद राजु गुप्ताले बताए। यता, सभामुख मण्डलले आफूले कसैलाई बन्धक नराखेको दाबी गर्दै घटनालाई ‘राजनीतिक रंग’ दिएको आरोप प्रतिवाद गरेका छन्।
उता, सभामुख मण्डलले नियमित १० बैठकमा उपस्थित नभएका पाँच सांसदलाई पदमुक्त भएको सूचना पनि जारी गरेका छन्। पदमुक्त सूचीमा नागरिक उन्मुक्ति तथा जसपाका सांसदहरू परेका छन्।
प्रस्ताव दर्ता विषय र सभामुखविरुद्धको आरोपसँगै मधेश प्रदेशको राजनीतिक वातावरण थप तातिएको देखिन्छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव