emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधेशका सभामुखविरुद्ध सात दलको अविश्वास प्रस्ताव, एमालेको अवरोधमा दर्ता रोकियो

source e-Madhesh २०८२ कार्तिक २७ गते , बिहीबार
0
Shares
47
Views
 मधेशका सभामुखविरुद्ध सात दलको अविश्वास प्रस्ताव, एमालेको अवरोधमा दर्ता रोकियो

जनकपुर, कात्तिक मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल विरुद्ध सात दलले अविश्वासको प्रस्ताव दर्ता गर्न खोज्दा नेकपा एमालेले अवरोध गरेको छ। सभामुख मण्डलले प्रदेशसभाको तटस्थता नदेखाएको र सभाको गरिमा हानि पुर्‍याएको आरोप लगाउँदै नेपाली कांग्रेस, जनमत, जसपा नेपाल, लोसपा नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) सहितका सात दलले प्रस्ताव ल्याएका हुन्। ७४ जना सांसदले हस्ताक्षर गरेको प्रस्ताव दर्ताका लागि टोली सभामुख सचिवालय पुग्दा एमाले कार्यकर्ताले रोकावट गरेपछि सचिवालयमा तनावपूर्ण स्थिति सिर्जना भएको छ। दलहरूले सभामुखले मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) को विश्वासको मत लिने प्रक्रिया बिगारेको र त्यसपछि सभा स्थगित गरेर एमालेलाई सरकार बनाउन सहज वातावरण बनाएको आरोप लगाएका छन्। मुख्यमन्त्री सोनलले विश्वासको मत लिने वातावरण नभएको भन्दै राजीनामा दिएपछि तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। पछि भण्डारीलाई संघीय सरकारले पदमुक्त गरी नयाँ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण नियुक्त गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव