emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै सात जेन्जी समूह एकताबद्ध

source e-Madhesh २०८२ कार्तिक २४ गते , सोमबार
0
Shares
57
Views
प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै सात जेन्जी समूह एकताबद्ध

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौँ, २४ कार्तिक ।
 सातवटा जेन्जी समूहले एकता घोषणा गर्दै प्रधानमन्त्री शुसिला कार्कीको राजीनामा माग गरेका छन् । सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै उनीहरूले सरकारलाई अन्तिम चेतावनीसमेत दिएका हुन् ।
‘जेन्जी एकता अभियान नेपाल’की संयोजक सुप्रिया नेपालीले सरकारले भदौ २३ र २४ गतेको आन्दोलनमा सहभागी भएको आरोपमा जेन्जीहरूलाई छानीछानी पक्राउ गरेको भन्दै आक्रोश व्यक्त गरिन् । उनले प्रधानमन्त्री कार्कीले जनताको भावना र आन्दोलनको मर्मअनुसार काम नगरेकाले राजीनामा दिनुपर्ने माग गरिन् ।
पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जेन्जीको बलबाट बनेको सरकारले आफ्नै समर्थकहरूलाई आतंकित पार्न थालेको आरोप लगाए । उनले भने, “अहिलेको सरकार र ओली सरकारले बीच कुनै फरक छैन, गोली हान्न आदेश दिने र त्यसका जिम्मेवारहरूलाई कारबाही गर्नुपर्छ ।”
प्रवक्ता विरजन विश्वकर्माले सात वटा समूह — जेन्जी परिषद, जेन्जी २.०, जेन्जी पिपुल, रियल जेन्जी मुभमेन्ट नेपाल, जेन्जी नेपाल, एनटेक–जेड र अछाम जेन्जी समूह — एक भएर ‘जेन्जी एकता अभियान नेपाल’ गठन भएको जानकारी दिए ।
सल्लाहकार मेगराज खत्रीले देशको विषम परिस्थितिमा सबै जेन्जीहरू एकत्र हुनु सकारात्मक पहल भएको बताए । अन्य सहभागीहरूले पनि भ्रष्टाचार, कुशासन र सरकारको असफलताविरुद्ध एकताबद्ध संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव