emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

फाल्गुनन्द जयन्ती, २०८२ को उपलक्ष्यमा उपराष्ट्रपति यादवको शुभकामना सन्देश

source e-Madhesh २०८२ कार्तिक २४ गते , सोमबार
0
Shares
191
Views
फाल्गुनन्द जयन्ती, २०८२ को उपलक्ष्यमा उपराष्ट्रपति यादवको शुभकामना सन्देश

लिलाकान्त यादव,
काठमाडौँ, २४ कार्तिक ।
 किराँत धर्म र संस्कृतिको संरक्षण तथा समाज सुधारमा जीवन समर्पित महागुरु फाल्गुनन्दको जन्मजयन्ती, २०८२ को पावन अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले देश–विदेशमा रहनुभएका सम्पूर्ण किराँत धर्मावलम्बी साथै नेपाली दिदीबहिनी र दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यको कामना गर्नुभएको छ ।
उपराष्ट्रपति यादवले शुभकामना सन्देश जारी गर्दै महागुरु फाल्गुनन्दले प्रस्तुत गर्नुभएको ‘सत्यधर्म मुचुल्का’ आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार विवाहमा दाइजो लिन नहुने, जीव हत्या नगरी भगवानको पूजा गर्ने, मद्यपान तथा मासु सेवन नगर्ने र मृत्यु संस्कारलाई मितव्ययी बनाउने जस्ता उपदेशहरूले समाजलाई कुसंस्कृति र आडम्बरबाट मुक्त गर्ने प्रयास गरेका थिए ।
यादवले फाल्गुनन्दको आदर्श केवल किराँत समुदायका लागि होइन, सम्पूर्ण नेपाली समाजका लागि अनुकरणीय मार्गदर्शन भएको बताउनुभयो । उहाँले थप भन्नुभयो, “महागुरुका उपदेशहरूले हामीलाई मितव्ययी, संयमित र संस्कृतिप्रेमी जीवनशैलीतर्फ प्रेरित गर्छन्, जसले विविध संस्कृतिहरूबीच सहअस्तित्व र सद्भाव बलियो बनाउँछ ।”
उपराष्ट्रपतिले फाल्गुनन्द जयन्तीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा रहेका बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानहरूलाई एक सूत्रमा बाँध्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
“महागुरु फाल्गुनन्दको सत्मार्ग र नैतिक निष्ठाबाट प्रेरित भई हामी सबैले राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकतालाई सुदृढ बनाउँदै मुलुकको विकास यात्रामा जुट्नुपर्छ,” यादवको शुभकामना सन्देशमा उल्लेख छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव