emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

प्रदेश प्रमुखले मधेशको अस्मितामाथि प्रहार गरिन्: जितेन्द्र सोनलको आरोप

source e-Madhesh २०८२ कार्तिक २४ गते , सोमबार
0
Shares
124
Views
प्रदेश प्रमुखले मधेशको अस्मितामाथि प्रहार गरिन्: जितेन्द्र सोनलको आरोप

ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, २४ कार्तिक ।
 मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीमाथि मधेश प्रदेशको अस्मिता समाप्त पार्ने आरोप लगाएका छन् ।
स्वास्थ्य उपचारका लागि काठमाडौं जाँदै गरेको बताउँदै भण्डारीले बाटोमा नै एमालेका सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेको विषयलाई सोनलले “मधेशको अस्मितामाथिको प्रहार” भनेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “मधेश प्रदेशका जनतासँग ठूलो धोका भयो । उपचारका नाममा निस्केकी प्रदेश प्रमुख भण्डारीले सिन्धुली–महोत्तरी सीमाको एउटा होटेलमा प्रदेशको अस्मिता बेचिन् ।”
सोनलका अनुसार सोमबार बिहान आफूले नै भण्डारीलाई उपचारका लागि बिदाइ गरेका थिए । तर केही समयपछि उनले एमालेको ठूलो दलको हैसियतमा सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेको सूचना प्राप्त भएको बताए ।
गत शनिबार सभामुखको रवैयाको कारण सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले अहिलेको राजनीतिक घटनाक्रमलाई “लोकतान्त्रिक मूल्य र प्रदेश स्वायत्ततामाथिको अपमान” भन्दै आलोचना गरेका छन् ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव