emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

राष्ट्रिय स्वाधीन संयुक्त सरकार गठनको माग गर्दै सिपी गजुरेलको संघर्ष घोषणा

source e-Madhesh २०८२ कार्तिक २३ गते , आइतबार
0
Shares
50
Views
राष्ट्रिय स्वाधीन संयुक्त सरकार गठनको माग गर्दै सिपी गजुरेलको संघर्ष घोषणा

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २३ कार्तिक ।
 क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशलाई राजनीतिक संकटबाट निकाल्न राष्ट्रिय स्वाधीन संयुक्त सरकार गठनको माग गरेको छ। आइतबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव ८८सिपी गजुरेल ‘गौरव’८८ले आजदेखि पौष ११ गतेसम्मका लागि संघर्षका कार्यक्रम घोषणा गरेका हुन्।
गजुरेलले विगतका सरकारहरू भ्रष्टाचार, कुशासन र तानाशाही प्रवृत्तिका कारण असफल भएको उल्लेख गर्दै भने, “केपी ओलीको पागलपनले देशमा जेन्जी विद्रोह भयो, जसमा ७६ जनाको ज्यान गयो र ९५ खर्बभन्दा बढीको सम्पत्ति नष्ट भयो, तर वर्तमान सरकार पनि जनअपेक्षाअनुसार चलेको छैन।”
उनका अनुसार, अबको विकल्प भनेको राष्ट्रिय स्वाधीन संयुक्त सरकार गठन गरी देशलाई अराजकता र परनिर्भरता बाट मुक्त गर्नु हो।
पार्टीका स्थायी समिति सदस्य ८८हेमनत प्रकाश ओली ‘शुदर्शन’८८ले दलाल पुँजीवादी व्यवस्था रहुन्जेल देशमा स्वाधीनता र समृद्धिको सपना पूरा नहुने बताए। त्यस्तै, स्थायी समिति सदस्य हरिभक्त कँडेलले सरकार जेन्जी आन्दोलनका सहभागीमाथि कारबाही गर्न व्यस्त रहेको आरोप लगाउँदै भ्रष्टाचारीमाथि सडकबाटै कारबाही गर्ने चेतावनी दिए।
पार्टीले कार्तिक २८ देखि पौष ११ सम्म जनसभा, पर्चा वितरण, भण्डाफोर र माओवादी दिवसका अवसरमा केन्द्रीय सभा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव