emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधेश प्रदेश सभा अवरुद्ध: सभामुखको निर्णयमा असन्तुष्ट सत्ता पक्ष बाहिरिएपछि बैठक स्थगित

source e-Madhesh २०८२ कार्तिक २२ गते , शनिबार
0
Shares
205
Views
मधेश प्रदेश सभा अवरुद्ध: सभामुखको निर्णयमा असन्तुष्ट सत्ता पक्ष बाहिरिएपछि बैठक स्थगित

ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, २२ कार्तिक ।
 मधेश प्रदेश सभा मंगलबार १० मिनेटका लागि स्थगित भएको छ । कार्यसूचीलाई उछिनेर सभामुखले नेकपा (माओवादी केन्द्र) का सांसद रहबर अन्सारीलाई बोल्न अनुमति दिएपछि सरकार पक्षका सांसदहरूले आपत्ति जनाउँदै सदनबाट बाहिरिएका हुन् ।
सत्ता पक्षका दलहरूले सभामुख रामचन्द्र मण्डललाई ३० मिनेटपछि मात्र बैठक सञ्चालन गर्न माग गरेका थिए । तर सभामुखले मधेश प्रदेश सभा कार्य सञ्चालन नियमावलीअनुसार बैठक अघि बढाउने अडान लिएपछि विवाद चर्किएको हो । माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले सभामुखको निर्णयप्रति विशेष आपत्ति जनाएका छन् ।
यसबीच, माओवादी सांसद रहबर अन्सारीले विद्रोह गरेपछि मुख्यमन्त्री जितेन्द्र सोनलको सरकार विश्वासको मत पाउने वा नपाउने भन्ने अनिश्चितता बढेको छ । सत्ता गठबन्धनका ५४ जना सांसद उपस्थित भए पनि माओवादी केन्द्रका दुई सांसद  रहबर अन्सारी र माला कर्णले सदनमै विद्रोह गरेका छन् ।
१०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ मत आवश्यक छ । जनमत पार्टीका दुई सांसद — सतिशकुमार सिंह र त्रिभुवन शाह  अनुपस्थित छन् भने संघीय समाजवादी पार्टीकी सांसद विमला अन्सारी पनि सदनमा उपस्थित थिइनन् ।
सत्ता गठबन्धनमा लोसपाका ८, जसपा नेपालको १८, जनमतका १३, माओवादीका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् । नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री सोनललाई विश्वासको मत दिने घोषणा गरे पनि मत विभाजन प्रक्रिया विवादका कारण रोकिएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव