emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

कार्यवाहक राष्ट्रपति यादव र कोरियाली राजदूतबीच शिष्टाचार भेट

source e-Madhesh २०८२ कार्तिक २० गते , बिहीबार
0
Shares
138
Views
कार्यवाहक राष्ट्रपति यादव र कोरियाली राजदूतबीच शिष्टाचार भेट

 काठमाडौं, कात्तिक २० l कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क ताए योङ्गले बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन्। भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने उपायहरू, विशेषगरी पर्यटन, श्रम तथा रोजगार, ऊर्जा, पूर्वाधार विकास, लगानी र जनस्तरका सम्बन्ध लगायतका विषयमा विस्तृत छलफल भएको थियो। कार्यवाहक राष्ट्रपति यादवले हालै सम्पन्न ‘जेनजी आन्दोलन’ पछि नयाँ सरकार गठन भइसकेको उल्लेख गर्दै नेपालको लोकतान्त्रिक यात्राप्रति प्रतिबद्धता पुनः दोहोर्याए। उहाँले आगामी २०८२ फागुन २१ (५ मार्च २०२६) मा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभार रहेको बताउनुभयो। राष्ट्रपति यादवले नेपाल–कोरिया सम्बन्धको ५०औं वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न भएको स्मरण गर्दै दुई देशबीचको सम्बन्ध मैत्रीपूर्ण, आपसी सम्मान र समझदारीमा आधारित रहेको बताउनुभयो। उहाँले इपीएस कार्यक्रममार्फत नेपाली युवालाई रोजगारीको अवसर उपलब्ध गराएकोमा कोरियाली सरकारप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहकार्यलाई अझ गहिरो बनाउने प्रतिबद्धता जनाउनुभयो। कोरियाली राजदूत पार्क ताए योङ्गले नेपालप्रति कोरियाली सरकारको सद्भाव, सहयोग र मित्रता निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे। उनले ‘जेनजी आन्दोलन’को मागअनुसार बनेको नयाँ नेपाल सरकारलाई समर्थन जनाउँदै आगामी निर्वाचनका लागि सहयोग र शुभकामना व्यक्त गरे। राजदूत योङ्गका अनुसार, कोरियाले विगत तीन दशकदेखि शिक्षा, कृषि र सूचना प्रविधि क्षेत्रमा नेपाललाई सहयोग गर्दै आएको छ। उनले रोजगारका अवसर थप विस्तार गर्ने तयारी भइरहेको र धेरै कोरियाली कम्पनीहरू नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी दिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव