emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

रोयल सेकन्डरी स्कूलमा समाचकेवा र पुरस्कार वितरण कार्यक्रम सम्पन्न

source e-Madhesh २०८२ कार्तिक १९ गते , बुधबार
0
Shares
295
Views
रोयल सेकन्डरी स्कूलमा समाचकेवा र पुरस्कार वितरण कार्यक्रम सम्पन्न

लिलाकान्त यादव,
राजविराज, १९ कार्तिक ।
 रोयल सेकन्डरी स्कूलमा समाचकेवा पर्वको अवसरमा सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम विद्यालयका प्रिन्सिपल देवनाथ यादवको सभापतित्वमा सम्पन्न भएको हो ।
सो अवसरमा मधेश प्रज्ञा प्रतिष्ठानका सञ्चालक सदस्य दिनेश कुमार यादव विशिष्ट अतिथिको रूपमा उपस्थित रहनु भयो भने विद्यालयका शिक्षक–शिक्षिकाहरू र विद्यार्थीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।
दोश्रो त्रैमासिक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरियो ।
अतिरिक्त क्रियाकलाप अन्तर्गत म्युजिकल चेयर खेलमा नर्सरीकी रानी कुमारी दास, एल.के.जी.का चन्दन यादव र यु.के.जी.का देवराज राम विजेता बने । त्यसैगरी बैलुन कप कलेक्शन खेलमा कक्षा १ का प्रम दासलाई पुरस्कार दिइयो ।
समाचकेवा पर्वको अवसरमा विद्यार्थीहरूले मिथिलाको सांस्कृतिक झलक समेटिएका मैथिली गीत र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा, सृजनशीलता र सांस्कृतिक चेतना प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको विद्यालयले जनाएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव