emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

गुरुनानक जयन्तीको अवसरमा कार्यवाहक राष्ट्रपति यादवद्वारा शुभकामना 

source e-Madhesh २०८२ कार्तिक १९ गते , बुधबार
0
Shares
75
Views
गुरुनानक जयन्तीको अवसरमा कार्यवाहक राष्ट्रपति यादवद्वारा शुभकामना 

लिलाकान्त यादव,
काठमाडौँ, १८ कात्तिक ।
 कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले गुरुनानक जयन्ती (प्रकाश पर्व) २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शिख समुदायसहित सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन्।
बुधबार जारी शुभकामना सन्देशमा उनले सत्य, समानता र भ्रातृत्वको सन्देश बोकेको गुरुनानक जयन्तीले सबैमा एकता, सहिष्णुता र सामाजिक सद्भाव फैलाउने उल्लेख गरेका छन्। “गुरुनानक देवले सम्पूर्ण मानव जातिलाई ‘एक ओमकारा’, ‘एक सतनाम’ अर्थात् ईश्वर एउटै हुनुहुन्छ भन्ने सार्वभौम सत्यको सन्देश दिनुभयो,” यादवले भनेका छन्।
उनले गुरुनानक देवले दिनुभएको शिख धर्मका त्रिसूत्रीय सिद्धान्त—‘इमानदारीपूर्वक परिश्रमले कमाऊ’, ‘लोभ–मोह त्यागेर सत्यको स्मरण गर’ र ‘कमाएको धन अरुसँग बाँडेर उपभोग गर’—आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए। यी जीवन सूत्रहरूले सच्चा, नैतिक र अनुशासित जीवन जिउने बाटो देखाउने उनको भनाइ छ।
राष्ट्रपतिले गुरुद्वाराहरूमा गरिने कीर्तन, दीप प्रज्वलन र लंगरको परम्पराले साम्प्रदायिक एकता र समानता प्रवद्र्धन गर्न मद्दत पुगोस् भन्ने कामना व्यक्त गरे।
सन्देशमा उनले गुरु ग्रन्थ साहिबको पाठबाट प्राप्त हुने ज्ञानले समाजमा विद्यमान विकृति, विसंगति र विभेद अन्त्य गर्ने प्रेरणा मिलोस् भन्दै गुरुनानक देवको सत्य र परोपकारको बाटो आत्मसात गर्न सबैलाई आह्वान गरेका छन्।
“गुरुनानक जयन्तीले सबै नेपालीलाई शान्त, सौम्य र सभ्य समाज निर्माणमा जुट्न र राष्ट्रिय एकतालाई बलियो बनाउँदै समृद्ध नेपालको निर्माणतर्फ अग्रसर बनाओस्,” राष्ट्रपति यादवले शुभकामना सन्देशमा भनेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव