emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

बलात्कार, भ्रूण हत्या र डाँका चोरीको आरोपित महेश बस्नेतलाई किन पक्राउ नगरेकोः सोभा पाठकको प्रश्न

source e-Madhesh २०८२ कार्तिक १८ गते , मंगलबार
0
Shares
95
Views
बलात्कार, भ्रूण हत्या र डाँका चोरीको आरोपित महेश बस्नेतलाई किन पक्राउ नगरेकोः सोभा पाठकको प्रश्न

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १८ कार्तिक ।
 एमालेका नेता महेश बस्नेतविरुद्ध गम्भीर आपराधिक आरोप लगाउँदै पीडित सोभा पाठकले उनलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेकी छन्। मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै पाठकले बस्नेतलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रहरी प्रशासन र न्यायिक निकायले समेत संरक्षण दिएको आरोप लगाइन्।
पाठकले विगत ११ वर्षदेखि बस्नेतले आफूमाथि यौन शोषण र दुव्र्यवहार गर्दै आएको बताउँदै भनिन्, “मैले बलात्कारी महेश बस्नेतविरुद्ध जाहेरी दिँदा पनि उनको राजनीतिक पहुँचका कारण उल्टै मलाई पटक–पटक पक्राउ गरी पीडितलाई अपराधी बनाइयो।” उनले बलात्कार, भ्रूण हत्या र डाँका चोरीको मुद्दामा बस्नेतमाथि कारबाही हुनुपर्ने भन्दै हालका गृहमन्त्री ओमप्रकाश अर्याललाई सम्बोधन गर्दै भनिन्, “यदि बस्नेतलाई पक्राउ गरिएन भने म अन्तिम हदसम्म जान बाध्य हुनेछु।”
पाठकले हालका खेलकुद मन्त्री बब्लु गुप्तामाथि पनि गम्भीर आरोप लगाइन्। उनका अनुसार गुप्ताले बस्नेतको योजनामा आफूलाई अपहरण गरी जबरजस्ती दुर्गा प्रसाईविरुद्ध बोल्न बाध्य पारे।
सामाजिक अभियान्ता राधिका बरालले बस्नेत र गुप्तालाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरिन्। उनले भनिन्, “यदि दुर्गा प्रसाईंले पनि सोभामाथि दुव्र्यवहार गरेका छन् भने उनी पनि कानुनी कारबाहीबाट बच्न पाउँदैनन्।”
अभियान्ता सर्मिला वाइबाले बस्नेतजस्ता पहुँचवालाले समाजमा विकृति फैलाएको भन्दै अब डर नभई प्रतिकार गर्नुपर्ने बताइन्। “बस्नेतको अत्याचारले सीमा नाघिसकेको छ,” उनले भनिन्, “अब महिला समुदायले खुला रूपमा लड्नुपर्छ।”
अधिवक्ता वाइपी अधिकारीले पीडितलाई नै हिरासतमा लिने प्रवृत्तिको कडा आलोचना गर्दै भने, “यहाँ कानुन सानालाई ऐन, ठूला पहुँचवालालाई चैन बनेको छ।”
जेन्जीकी ज्योति थापाले परिवर्तनपछि पनि शक्तिशालीहरूको संरक्षणमा महिला शोषण भइरहनु लज्जास्पद रहेको बताइन्।
त्यस्तै अधिवक्ता मनिषा गौतमले पुराना राजनीतिक दलहरूको आडमा अपराधीकरण बढ्दै गएको र अब बदलिंदो परिस्थितिमा न्यायको पक्षमा समाज उठ्नुपर्ने धारणा राखिन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव