emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

कार्यवाहक राष्ट्रपति यादव र जर्मन राजदूत भोल्जबीच शिष्टाचार भेट

source e-Madhesh २०८२ कार्तिक १६ गते , आइतबार
0
Shares
111
Views
कार्यवाहक राष्ट्रपति यादव र जर्मन राजदूत भोल्जबीच शिष्टाचार भेट

लिलाकान्त यादव,
काठमाडौँ, १७ कात्तिक ।                                                                                                                             कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि संघीय गणतन्त्र जर्मनीका महामहिम राजदूत उदो युगेन भोल्जबीच सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटका अवसरमा दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, विकास साझेदारी, व्यापार, लगानी, र पर्यटन प्रवर्द्धन लगायतका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। कार्यवाहक राष्ट्रपति यादवले सन् १९५८ मा नेपाल–जर्मनीबीच दौत्य सम्बन्ध स्थापना भएयता कायम रहेको आपसी विश्वास र सहयोगप्रति सन्तोष व्यक्त गर्दै, जर्मनीबाट सन् १९६१ देखि प्राप्त हुँदै आएको विकास सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले जलवायु परिवर्तनलगायत अन्तर्राष्ट्रिय मुद्दामा जर्मनीको भूमिकाको प्रशंसा गर्दै भविष्यमा पनि आपसी हितका विषयमा सहकार्य जारी रहने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपति यादवले नेपालको लोकतान्त्रिक यात्रामा ‘जनआन्दोलन’पछि आएको नयाँ गति, उत्तरदायी र पारदर्शी शासनप्रति जनआकांक्षा, र आगामी २०२६ मार्च ५ मा हुने प्रतिनिधिसभा निर्वाचनबारे सरकारको प्राथमिकतासमेत जानकारी दिनुभयो। उहाँले नेपालले आगामी वर्ष अतिकम विकसित मुलुक (LDC) बाट स्तरोन्नति प्राप्त गरी सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएको र त्यसका लागि जर्मनीलगायत विकास साझेदारहरूको पूँजी, प्रविधि र लगानी आवश्यक रहेको बताउनुभयो। जर्मन राजदूत भोल्जले नेपाल–जर्मनी सम्बन्धलाई घनिष्ट र बलियो साझेदारीको नमूना बताउँदै, नेपालको विकास यात्रामा जर्मनीको निरन्तर समर्थन र सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव