emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जेन्जी सरकारमा दलितको अनिवार्य प्रतिनिधित्व नभए आन्दोलन गर्ने चेतावनी

source e-Madhesh २०८२ कार्तिक १७ गते , सोमबार
0
Shares
71
Views
जेन्जी सरकारमा दलितको अनिवार्य प्रतिनिधित्व नभए आन्दोलन गर्ने चेतावनी

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौँ, १७ कात्तिक ।
 दलित युनाइटेड जेन्जीले जेन्जी सरकारले दलित समुदायको अनिवार्य प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै संगठनले ६० लाख दलितको देशमा फौजदारी अभियोग लागेका खगेन्द्र सुनारलाई मात्रै मन्त्रीको रूपमा प्रस्ताव गर्नु दलितको अपमान भएको आरोप लगाएको हो।
संयोजक जनक परियारले दलित समुदायको न्याय, समानता र सशक्तिकरणका लागि सरकारमा सक्रिय सहभागिता हुनुपर्ने माग गरे। उनले भने, “खगेन्द्र सुनार मात्रै होइन, यो देशमा एक–से–एक सक्षम दलित युवा छन्, तर उनीहरूलाई नजरअन्दाज गर्नु दुर्भाग्यपूर्ण छ।”
सामाजिक अभियन्ता विवेक थापाले सरकार जेन्जी आन्दोलनको मर्म आत्मसात् गर्न असफल भएको भन्दै भ्रष्टाचार र कुशासनविरुद्ध ठोस कदम नचालिएको आरोप लगाए। उनले तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र सिडिओ छविलाल रिजाललाई कारबाही नगर्नु पुरानै राजनीतिक प्रभावको परिणाम भएको बताए।
गणेश थापा र रामसुन्दर सुनामले दलित समुदायलाई बारम्बार अवसरबाट वञ्चित गरिनु अन्याय भएको उल्लेख गर्दै प्रतिनिधित्व सुनिश्चित नभए आन्दोलनको घोषणा गर्ने चेतावनी दिए।
त्यसैगरी ज्योती थापाले भनिन्, “एक जना भए पनि दलितको आवाज सरकारभित्र पुग्नैपर्छ।”
कार्यक्रममा दलित जेन्जीका अन्य नेताहरूले जनयुद्धदेखि जेन्जी आन्दोलनसम्म दलित अधिकार कागजमा सीमित रहनु दुःखद भएको टिप्पणी गर्दै एकताबद्ध आन्दोलनको तयारी गरिएको बताए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव