emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

शुसिला कार्कीबाट केही हुँदैन, राजीनामा दिनुपर्छ: पहिला देश अभियान

source e-Madhesh २०८२ कार्तिक १२ गते , बुधबार
0
Shares
38
Views
शुसिला कार्कीबाट केही हुँदैन, राजीनामा दिनुपर्छ: पहिला देश अभियान

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १३ कार्तिक ।
 पहिला देश (पिपुल्स रेभुलेसन) अभियान ले प्रधानमन्त्री शुसिला कार्कीले राष्ट्रको हितमा काम गर्न असफल भएको आरोप लगाउँदै राजीनामाको माग गरेको छ। बिहीबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानले कात्तिक १६ गतेदेखि सरकारविरुद्ध आन्दोलन सुरु गर्ने घोषणा गरेको हो।
संयोजक एसपी शाह ले जेन्जी आन्दोलनबाट जनतामा देखिएको आशा वर्तमान सरकारले मथर गरेको भन्दै, जेन्जी, लघुवित्त, सहकारी, मिटर ब्याज र बैंकका पीडितहरूका माग पूरा नभएसम्म निरन्तर संघर्ष जारी रहने चेतावनी दिए। उनले संविधान परिमार्जन सभाको गठन माग गर्दै भने, “शुसिला कार्कीको सरकार न घोडा न गधा, खच्चडजस्तै भयो, देशले यसबाट निकास पाउँदैन।”
संरक्षक मनिराम ज्ञवाली ले पनि हालको सरकार पूर्वप्रधानमन्त्री केपी ओलीको भन्दा फरक नभएको भन्दै, वित्तीय शोषण अन्त्य र राष्ट्र बैंकको भूमिका पुनरावलोकन गर्न माग गरे। अन्य वक्ताहरू—सूरेश घिमिरे, विकास स्नेही, सम्भू थापा र सौरभ भण्डारीले सरकारले वित्तीय पीडित र मिटर ब्याजी समस्याप्रति वेवास्ता गरेको भन्दै तत्काल संविधान परिमार्जन सभा गठन गर्न माग गरे।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव