emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

वीर गोर्खाली

source e-Madhesh २०८२ कार्तिक १२ गते , बुधबार
0
Shares
105
Views
वीर गोर्खाली

                                                  कविता 


              वीर गोर्खाली

                                            शेखर यादव, बोदेबरसाईन–१०, सप्तरी

टाउको माथि कफन हाली
लडे दुश्मन सँग हाम्रा वीर गोर्खाली ।
ज्यानको आफ्नो प्रवाह नगरी
दुश्मनलाई काट्दै गए पालै पाली ।।

   काटे दुश्मनको शिर देशको लागि 
   लडे दुश्मन सँग देश को झण्डा सम्हाली ।
   थाहा थियो उनलाई ज्यान जाला
   तैपनि झुकेनन् कसैको अगाडि ।।

नेपाल आमाको रक्षा गरे
ज्यान गुमाए देशकै लागि ।
जन्मभूमि आमालाई बचाउन
प्यासै लडे दिन र राती  ।।

   तोड्दै गए बैरीको जाल
   बैरी माथि बनेर काल ।
   शरीरमा थियो रगतको लाली
   तैपनि गएनन् युद्ध टाली ।।

बचाए हाम्रो देशको मान
बढाए हाम्रो देशको सान ।
विश्वलाई चिनाए हामी हौं नेपाली
यस्ता थिए हाम्रा वीर गोर्खाली ।।
                         

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार