emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

रौतहटको मौलापुरमा एमाले र आजपाबीच तनाव, भिडन्त हुने संकेत

source e-Madhesh २०८२ कार्तिक १२ गते , बुधबार
0
Shares
40
Views
रौतहटको मौलापुरमा एमाले र आजपाबीच तनाव, भिडन्त हुने संकेत

प्रेमचन्द्र झा
रौतहट, १२ कार्तिक ।
 नेकपा एमाले र आजपा नेपालबीच रौतहटमा पुनः राजनीतिक तनाव तीव्र बनेको छ। एमालेले यही कात्तिक १३ गते मौलापुरमा गर्न लागेको शुभकामना आदान–प्रदान कार्यक्रमकै स्थलमा आजपाका अध्यक्ष प्रभु साहले पनि कार्यक्रम घोषणा गरेपछि भिडन्त हुने संकेत देखिएको हो।
स्रोतका अनुसार, आजपाका कार्यकर्ताहरूले मंगलबार बैठक गरी एमालेको कार्यक्रम असफल पार्ने निर्णय गरेका छन्। त्यसपछि दुबै पक्षका नेता तथा कार्यकर्ताबीच आरोप–प्रत्यारोप र धम्कीपूर्ण वक्तव्य सार्वजनिक हुन थालेका छन्।
एमाले केन्द्रीय सदस्य तथा रौतहट क्षेत्र नं. ३ का इञ्चार्ज कुन्दन कुशवाहाले मंगलबार पत्रकार सम्मेलन गर्दै परिस्थितिलाई जानाजानी तनावतर्फ धकेल्ने प्रयास भइरहेको आरोप लगाए। उनले भने, “मौलापुरका स्वघोषित ‘राजा साहेब’ को निर्देशनमा जनता भडकाउने, लडाउने र भिडाउने काम भइरहेको छ।”
कुशवाहाले चेतावनी दिँदै थपे, “यदि हाम्रो कार्यक्रम रोकिने वा अवरोध पु¥याउने प्रयास भयो भने स्वघोषित राजा साहेबको शिशमहल अगाडि नै कार्यक्रम गरेर देखाउँछौं, जतिसुकै बल लगाए पनि पछि हटिँदैन।”
उनले प्रभु साहमाथि जेन्जी आन्दोलनका क्रममा आगजनी र लुटपाट गराएको आरोप समेत लगाउँदै भने, “यदि साहसँग थोरै नैतिकता बाँकी छ भने ती घटनाको जिम्मेवारी लिएर कार्यवाही भोग्न तयार हुनुपर्छ।”
स्थानीय प्रशासनले भने दुबै दलका कार्यक्रमका मिति र स्थान व्यवस्थापन गर्न छलफल जारी रहेको र सम्भावित झडप रोक्नका लागि सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिइएको जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव