emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीका विभिन्न स्थानमा छठ पर्व आज अस्ताउँदो सूर्यलाई अर्घ्य

source e-Madhesh २०८२ कार्तिक १० गते , सोमबार
0
Shares
130
Views
सप्तरीका विभिन्न स्थानमा छठ पर्व आज अस्ताउँदो सूर्यलाई अर्घ्य

लिलाकान्त यादव,
राजविराज, १० कार्तिक ।
 धार्मिक आस्था र सांस्कृतिक उल्लासका साथ आज सप्तरी जिल्लाका विभिन्न स्थानमा छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदैछ ।
तराई–मधेशको प्रमुख पर्व मानिने छठ पर्वको तेस्रो दिन आज साँझ व्रती महिलाहरूले नदी, तलाउ र पोखरीका घाटहरूमा पुगेर अस्ताउँदो सूर्यलाई दूध, जल र प्रसादसहित अर्घ्य अर्पण गरिरहेका छन् ।
सप्तरीको राजविराजस्थित भगवती पोखरी, हनुमाननगरको महासेठ पोखरी,कोशी बैरेज, सखडाको छिन्नमस्ता पोखरी, भारदहको कंकालिनी मंदिरको पोखरी, कञ्चनरुप, रुपनी, अग्निसाइर कृष्णासावरण, बोदेबरसाइन, तिलाठी कोईलाडी लगायतका ठाउँका छठ घाटहरूमा व्रती र श्रद्धालुहरूको ठूलो भीड लागेको छ ।
चार दिनसम्म मनाइने यो महापर्वको आज तेस्रो दिनलाई ‘साँझी अघ्र्य’ भनिन्छ । भोलि बिहान ‘विहानिया अर्घ्य’का साथ व्रतको समापन हुनेछ ।
छठ पर्वमा महिलाहरूले चार दिनसम्म कठोर व्रत बस्ने, शुद्धता र अनुशासन पालना गर्ने चलन छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिँदै परिवार, समाज र राष्ट्रको सुख–समृद्धिको कामना गर्ने यो पर्व सद्भाव र एकताको प्रतीकका रूपमा मनाइन्छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव