emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सहकार्यका लागि तयार छौं, मतभेद कार्यकर्ता स्तरमै सीमित: सीके राउत

source e-Madhesh २०८२ कार्तिक ९ गते , आइतबार
0
Shares
57
Views
सहकार्यका लागि तयार छौं, मतभेद कार्यकर्ता स्तरमै सीमित: सीके राउत

ईमधेश न्यूज सम्वाददाता,
राजविराज, ०९ कार्तिक ।
 जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग आवश्यक परे सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार प्रेस जनमत संघद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राउतले शीर्ष नेताहरूबीच कुनै मतभेद नभएको स्पष्ट पार्दै भने, “जहाँ आन्दोलन गर्नुपर्छ, हामीसँगै गर्छौं, एक्लै होइन, मिलेर माग पूरा गर्न सकिन्छ।”
उनका अनुसार जसपा र जनमतबीच देखिने द्वन्द कार्यकर्ता स्तरमा मात्र सीमित छ। “माथि केही छैन, हामी सँगै बस्छौं, छलफल गर्छौं, तर तल कार्यकर्ताहरू आपसमा लड्छन्,” राउतले भने।
मधेशका केही युवाहरूले सामाजिक सञ्जालमा संघीयता खारेज गर्नुपर्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै उनले त्यसलाई लहैलहै र भ्रमको परिणाम भने। “संघीयता खारेज गर्नुपर्ने तर्क छैन, फेसबुकका पोस्ट हेरेर मात्र कुरा गरिन्छ,” उनले स्पष्ट पारे।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव