emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मिथिला विवाह परम्परामा आधारित चञ्चला राजको पुस्तक विमोचन

source e-Madhesh २०८२ कार्तिक ८ गते , शनिबार
0
Shares
53
Views
मिथिला विवाह परम्परामा आधारित चञ्चला राजको पुस्तक विमोचन

ईमधेश न्यूज सम्वाददाता,
वीरगन्ज, ०८ कात्तिक ।
 मिथिला क्षेत्रको मौलिक विवाह संस्कारलाई लिपिबद्ध गरिएको पुस्तक ‘मिथिला मे विवाह संस्कारक विशिष्ट परम्परा’ वीरगन्जमा एक समारोहका बीच विमोचन गरिएको छ।
पूर्वमन्त्री लक्ष्मणलाल कर्णको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा उनले पुस्तकलाई मिथिला समाजका लागि “आउँदो पुस्ताका लागि मार्गदर्शक ग्रन्थ” का रूपमा वर्णन गरे। उनका अनुसार, यस पुस्तकमा केटा–केटी पक्षबीच बिहेको कुरा शुरु भएको दिनदेखि चार दिनसम्म चल्ने सम्पूर्ण परम्परागत विधिहरू र बिदाइपछि केटा पक्षको घरमा हुने विधिसम्मको विस्तृत विवरण समेटिएको छ।
पुस्तककी लेखिका, समाजसेवी र महिला उद्यमी चञ्चला राज का अनुसार, उनले पाँच वर्षको अध्ययन र अनुसन्धानपछि यो कृति तयार पारेकी हुन्। राजले मिथिला विवाहका प्रत्येक विधिको सामाजिक र वैज्ञानिक महत्व उजागर गर्न खोजेको बताइन्। उनले भनिन् — “यस पुस्तकले विवाहका विधिबारे हुने वादविवाद अन्त्य गरी एकरूपता ल्याउनेछ।”
पुस्तकको भूमिका भारतकी प्रसिद्ध मैथिली साहित्यकार तथा पद्मश्री सम्मानित डा. शेफालिका वर्मा ले लेखेकी छन्। भिडियो सन्देशमार्फत वर्माले यो पुस्तक नेपाल–भारतका साथै विदेशमा बसोबास गर्ने मिथिलवासीका लागि पनि सांस्कृतिक सम्पदाको प्रतीक हुने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, लेखक गणेश लाठ, चित्रगुप्त समिति पर्साका अध्यक्ष महेश दासलगायतको उपस्थिति थियो। मिडियाकर्मी प्रियंका पाण्डेले स्वागत मन्तव्य दिएकी थिइन् भने कवि प्रा. राजेन्द्र राहीले धन्यवाद ज्ञापन गरे।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव