emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

निर्धारित समयमा संसद् भवन निर्माण नसकिए जरिवाना तिराउने चेतावनी: मन्त्री घिसिङ

source e-Madhesh २०८२ कार्तिक ८ गते , शनिबार
0
Shares
42
Views
निर्धारित समयमा संसद् भवन निर्माण नसकिए जरिवाना तिराउने चेतावनी: मन्त्री घिसिङ

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०८ कात्तिक ।
ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन सङ्घीय संसद् भवनको काम निर्धारित समयभित्र पूरा नभए निर्माण कम्पनीलाई जरिवाना तिराउने चेतावनी दिएका छन्।
शनिबार सिंहदरबार परिसरमा संसद् भवनको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले पाँचौँ पटक थप गरिएको म्याद — २०८२ पुस १६ गते — भित्र काम नसकिए कानूनी रूपमा हर्जाना तिराउनुपर्ने स्थिति आउने स्पष्ट पारे।
२०७६ असोज १६ गते तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि काम समयमै अघि नबढेकाले म्याद पाँच पटकसम्म बढाइएको छ। उनले दैनिक कार्यतालिका बनाएर काममा तीव्रता ल्याउन निर्देशन दिँदै भने, “अब संसद् भवन समयमै सक्नैपर्छ, आवश्यक परे दुई सिफ्टमा काम गर्नुस्।”
मन्त्री घिसिङले राष्ट्रिय सभा र आगामी निर्वाचनपछि प्रतिनिधिसभा बैठक नयाँ भवनबाट सञ्चालन गर्नुपर्ने बताए।
१२ वटा ब्लक समेटिएको नयाँ संसद् भवनमा दुवै सदनका सभा कक्ष, संसदीय समितिका कार्यालय र दलका कक्षहरू रहनेछन्। जेन–जी आन्दोलनका क्रममा पुरानो संसद् भवन क्षतिग्रस्त भएपछि सरकारले नयाँ भवन निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको हो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव