emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीको सकरपुरामा छठ मेला र सांस्कृतिक कार्यक्रम हुने

source e-Madhesh २०८२ कार्तिक ७ गते , शुक्रबार
0
Shares
28
Views
सप्तरीको सकरपुरामा छठ मेला र सांस्कृतिक कार्यक्रम हुने

राजविराज । छठ पूजाको अवसरमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरामा मेला तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ। शनिबारदेखि सुरु हुने उक्त कार्यक्रम चार दिनसम्म चल्ने आयोजक समितिले जनाएको छ। कार्यक्रमको पहिलो दिन शनिबार मूर्ति पूजा तथा नाटक प्रदर्शनी हुने भएको छ। समितिका संयोजक उग्रकान्त झाले नाटकमा स्थानीय युवाहरूले नै अभिनय गर्ने बताए। आइतबार सांस्कृतिक कार्यक्रम, सोमबार जागरण तथा मंगलबार मूर्ति विसर्जन गरिनेछ। मेलाको उद्घाटन जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले गर्ने कार्यक्रम रहेको आयोजक समितिका उपाध्यक्ष अशोक मण्डलले जानकारी दिए। छठ पर्वको अवसरमा आयोजना हुने यस मेला र सांस्कृतिक कार्यक्रमले स्थानीय सांस्कृतिक पहिचान र सामाजिक एकता झल्काउने अपेक्षा गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव