emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधेश केन्द्रित दल : चुनावका लागि तयार, सुरक्षा मुख्य सरोकार

source e-Madhesh २०८२ कार्तिक ७ गते , शुक्रबार
0
Shares
47
Views
मधेश केन्द्रित दल : चुनावका लागि तयार, सुरक्षा मुख्य सरोकार

७ कात्तिक, काठमाडौं । सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेपछि मधेश केन्द्रित दलहरू चुनावमा जान तयारी अवस्थामा छन्। तर उनीहरू भयरहित र निष्पक्ष वातावरण बनाउन सरकारले शान्ति–सुरक्षाको प्रत्याभूति गर्नुपर्नेमा जोड दिइरहेका छन्। तराई क्षेत्र विगतका चुनावहरूमा पनि संवेदनशील मानिँदै आएको छ। अहिले जेनजी आन्दोलनपछि लुटिएका हतियार र कारागारबाट फरार कैदीहरूको कारण सुरक्षाप्रति चिन्ता थपिएको मधेश केन्द्रित दलहरूको भनाइ छ। प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको बैठक बोलाएर निर्वाचनका तयारीबारे छलफल गरेकी थिइन्। बैठकमा जसपा नेपाल, जसपा (अशोक राई समूह), जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरू सहभागी थिए। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा उठाइएका मुद्दा सम्बोधन नगरी हुने निर्वाचनको औचित्य कमजोर हुने बताए। प्रवक्ता मनिष सुमनले भने, “सरकारले शान्ति–सुरक्षाको प्रत्याभूति गर्न सकेन भने निष्पक्ष निर्वाचन सम्भव छैन। लुटिएका हतियार र फरार कैदी फर्किनुपर्छ।” जसपा (अशोक राई समूह) का नेता राजेन्द्र श्रेष्ठले शान्ति–सुरक्षा नै प्रमुख चुनौती रहेको बताउँदै सरकारलाई विश्वास जगाउने खालको पहल गर्न आग्रह गरे। जनमत पार्टीका महासचिव चन्दन सिंहले जेनजी समूहलाई समेत सहभागी गराएर चुनावी माहोल बनाउन सरकार जिम्मेवार हुनुपर्ने बताए। उनले विदेशमा रहेका नेपालीहरूको मताधिकार सुनिश्चित गर्न पनि सरकारसँग आग्रह गरे। लोसपाका महासचिव मनिष मिश्रले दलहरू चुनावका पक्षमा भए पनि सुरक्षा प्रत्याभूति बिना मतदातासँग निडर संवाद सम्भव नहुने बताए। उनले हालसम्म चुनावप्रतिको उत्साह नआएको टिप्पणी गरे। निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि कम्तीमा १२० दिन तयारी आवश्यक पर्छ। अब करिब साढे चार महिना बाँकी अवस्थामा मधेश केन्द्रित दलहरूले सरकारले तत्काल विश्वसनीय वातावरण बनाउनुपर्ने माग गरेका छन्। उनीहरूको साझा भनाइ छ— “शान्ति र सुरक्षा बिना लोकतान्त्रिक निर्वाचन सम्भव छैन।”

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव