emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

“संघर्षका मुहानमा फर्कौं, शहीदलाई सम्झँदै भाइटीका मनाउने तयारी“

source e-Madhesh २०८२ कार्तिक ६ गते , बिहीबार
0
Shares
33
Views
“संघर्षका मुहानमा फर्कौं, शहीदलाई सम्झँदै भाइटीका मनाउने तयारी“

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०६ कार्तिक ।
‘जेन–जी युनाईटेड परिवर्तन’ समूहले शहीद र घाइतेहरूको अधिकारका विषयमा सरकार गैरजिम्मेवार बनेको भन्दै एकजुट भएर संघर्षमा उत्रन आह्वान गरेको छ। बुधबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमार्फत समूहले भाइटीकाको दिन शहीदहरूको सम्झनामा माइतीघरमा सामूहिक कार्यक्रम गर्दै सरकारलाई खबरदारी गर्ने जानकारी दिएको हो।
शहीद परिवारका कमल सुवेदीले दसैं–तिहारको उल्लासपूर्ण वातावरणमा देश शोकमय भएको बताउँदै, “अब पर्वलाई शक्तिमा रूपान्तरण गर्दै शहीदहरूको बलिदान सम्झने र नयाँ संघर्षको उद्घोष गर्ने समय आएको छ,” भने।
जेन–जी नेतृ सन्दीक्षा राईले अहिलेको समय युवाहरूको भएको भन्दै सबै जेन–जीहरू एकजुट भएर देश निर्माणमा लाग्नुपर्नेमा जोड दिइन्। अर्की नेतृ अञ्जु राईले यो वर्षको भाइटीकालाई परम्परागतभन्दा फरक, एकताको सन्देश दिने अवसरका रूपमा मनाउनुपर्ने बताइन्।
घाइते भूपेन्द्र खड्काले आफूलाई आन्दोलनका क्रममा दमकमा गोलीका छर्रा लागेको र अहिले पनि ती छर्रासहित सरकारको जवाफ माग्न काठमाडौं आएको बताए। नेतृ दिया बोहोराले अन्तरिम सरकारले भ्रष्टाचारमुक्त देश बनाउने वाचा तोडेको र परिवर्तनका लागि लडेकाहरूमाथि बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाइन्।
शहीद परिवारका सुवेदीले वार्ता र छलफलहरू भइरहे पनि शहीद परिवार र घाइतेहरूलाई बेवास्ता गरिएको बताउँदै, “सिंहदरबारभित्र पस्ने अधिकारसमेत छैन, हामीलाई किनारा लगाइएको छ,” भने।
जेन–जी नेतृ प्रकृति श्रेष्ठले कात्तिक ६ गते (भोलि) भाइटीकाको दिन माइतीघरमा शहीदहरूको श्रद्धासुमन कार्यक्रम आयोजना गरिने जानकारी दिइन्। समूहका प्रतिनिधि बरुण यादव र प्रदीप भट्टराईले सबै जेन–जीहरू एकढिक्का भएर देश विकास र न्यायको आन्दोलनमा जुट्न आह्वान गरे।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव