emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

ब्लु डायमन्डमा गुन्डाराजः संस्थाभित्रको सत्ता संघर्ष र समुदाय पीडित

source e-Madhesh २०८२ कार्तिक ४ गते , मंगलबार
0
Shares
29
Views
ब्लु डायमन्डमा गुन्डाराजः संस्थाभित्रको सत्ता संघर्ष र समुदाय पीडित

ईमधेश न्युज सम्वाददता,
काठमाडौं, ०४ कार्तिक ।
समलिङ्गी, तेस्रोलिङ्गी, अन्तरलिङ्गी र दुईलिङ्गी व्यक्तिहरूको अधिकारका लागि सन् २००१ मा स्थापना भएको ब्लु डायमन्ड सोसाइटी (नील हिरा समाज) आजभोलि विवादमा छ। संस्थाभित्र पिंकी–मनिषा ढकाल समूहको नियन्त्रण, आर्थिक अपारदर्शिता र आन्तरिक दादागिरीबारे संस्थाका पूर्व सदस्य र कर्मचारीहरूले गम्भीर आरोप लगाएका छन्।
संस्थाका संस्थापक सदस्यका अनुसार, “निर्णय सधैं माथिबाट आउँछन्, हामीलाई सिग्नेचर मात्र गर्न लगाइन्छ। अध्यक्ष बदलिए पनि नियन्त्रण उही समूहको रहन्छ।” उनका भनाइअनुसार, हालका औपचारिक अध्यक्ष उमेश श्रेष्ठ (उमिशा) नाममात्रका हुन्, तर वास्तविक शक्ति पिंकी र कोइली समूहको हातमा छ।
उनीहरूका अनुसार, संस्थाको बजेट र अडिट मिलाउने, फन्ड बाँडफाँट र नियुक्ति सबै ठूला नेतामै सीमित छन्। “पिंकीले विभिन्न बैंकमा रकम राखेकी छिन्, चितवनमा जग्गा किनेर करोडौंको सम्पत्ति बनाएकी छिन्,” एक पूर्व कोषाध्यक्षले दाबी गरे।
संस्थाभित्रको विरोध दबाउन धम्की र पदबाट हटाउने अभ्यास भइरहेको पनि स्रोतको आरोप छ। “अधिकारका नाममा चल्ने संस्थाले आफ्नै कार्यकर्तालाई हेप्ने र निकाल्ने काम गर्छ,” उनले भने।
यता, ब्लु डायमन्ड सोसाइटीले भने यी आरोपहरू असत्य भएको दाबी गर्दै आएको छ। तर, संस्थाभित्रको असन्तुष्टि बढ्दै जाँदा समुदायभित्र नै विभाजन देखिन थालेको छ।
अधिकारका लागि बनेको संस्था आज पारदर्शिता र उत्तरदायित्वको प्रश्नमा आफैं विवादित बनेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव