ई-मधेश न्युज
सप्तरीमा पुजारीको गोली हानी हत्या, अज्ञात व्यक्ति फरार
उमेश कुमार यादव,
राजविराज, ०२ कार्तिक ।
सप्तरीको बोदेबर्साइन नगरपालिका–८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारी ७० वर्षीय रामदुलार साहको गोली हानी हत्या गरिएको छ।
प्रहरीका अनुसार बुधबार राति अज्ञात व्यक्तिले साहमाथि पछाडिबाट गोली प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको हो। पुजारी साह मन्दिर परिसरकै कुटीअगाडि पिसाब गरिरहेका बेला गोली नाभी नजिकै ढाडतर्फ लागेको थियो।
घटनापछि स्थानीयवासीले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुईवटा गोलीका खोका फेला पारेको र हत्यारा हाल फरार रहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरवोना दुवैतर्फबाट अतिरिक्त प्रहरी टोली परिचालन गरिएको छ। सीमावर्ती क्षेत्रमा संकास्पद व्यक्तिहरूमाथि चेकजाँच कडा पारिएको प्रहरीले जनाएको छ।
प्रहरीले यो घटनालाई पूर्व नियोजित हत्या मान्दै अनुसन्धान अघि बढाएको छ।