emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

‘नेपाल सधैं सबैका लागि खुला छ: जेन्जी २.० अभियान सुरु

source e-Madhesh २०८२ कार्तिक १ गते , शनिबार
0
Shares
35
Views
‘नेपाल सधैं सबैका लागि खुला छ: जेन्जी २.० अभियान सुरु

ईमधेश न्युज सम्वाददाता,
काठमाडौं, ०१ कार्तिक ।
पर्यटनलाई नेपालको गौरव र राष्ट्रिय पहिचानको रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले जेन्जी २.० (सबै पस्ताको सारथी) राष्ट्रिय अभियानले शुक्रबार राजधानीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा “नेपाल सधैं सबैका लागि खुला छ” भन्ने सन्देशसहित विशेष कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा करिब ४० जनाभन्दा बढी सहभागीहरूलाई फूल, माला र स्मृतिचिन्ह प्रदान गर्दै प्रतीकात्मक रूपमा स्वागत गरिएको थियो। आयोजकहरूले यसलाई नेपालले अतिथिलाई आत्मीय स्वागत गर्ने संस्कृतिको प्रतीकका रूपमा व्याख्या गरे।
अभियानले पछिल्ला दिनमा फैलिएको असुरक्षासम्बन्धी भ्रम हटाउँदै स्पष्ट सन्देश दिएको छ— “नेपाल कहिल्यै बन्द हुँदैन, अतिथि देवो भवः हाम्रो संस्कृतिको हिस्सा हो।”
कार्यक्रममा डा. हरि कार्कीले “यो केवल अभियान होइन, राष्ट्रिय चेतना हो” भन्दै पर्यटन सुरक्षालाई सबैको साझा जिम्मेवारी बनाउन आह्वान गर्नुभयो।
अभियानले टिङ्कुनेलाई ‘जेन्जी चोक’ घोषणा, घाइते सदस्यका लागि सहयोग टिम गठन र ‘सेफ टुरिजम ः ओपन नेपाल’ कार्यक्रम देशभर सञ्चालन गर्ने निर्णय पनि गरेको छ।
सहभागीहरूले एक स्वरमा सन्देश दिए —
“नेपाल खुला छ, सुरक्षित छ, र सधैं स्वागतका लागि तयार छ।”

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव