emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जसपा नेपालको विधानविपरीत मधेश अधिवेशन बहिष्कार घोषणा

source e-Madhesh २०८२ आश्विन ३० गते , बिहीबार
0
Shares
30
Views
जसपा नेपालको विधानविपरीत मधेश अधिवेशन बहिष्कार घोषणा

ईमधेश न्युज सम्वाददाता,
जनकपुरधाम, ३० असोज ्।
 जनता समाजवादी पार्टी (जसपा) नेपालका केही नेताहरूले मधेश प्रदेश अधिवेशनलाई विधानविपरीत सञ्चालन गरिएको भन्दै बहिष्कारको घोषणा गरेका छन्।
पूर्व मुख्यमन्त्री तथा मधेश प्रदेश संसदीय दलका नेता सरोज यादव, पूर्व अर्थमन्त्री सञ्जय यादव, प्रदेश सांसद शोभा साह, अनिरुद्ध यादव, पूर्व सांसद रामबाबु यादव लगायत बारा, रौतहट, धनुषा, सप्तरी र सर्लाहीका जिल्ला अध्यक्षहरू, साथै सिराहा, पर्सा र महोत्तरीका अधिकांश अधिवेशन प्रतिनिधिहरू सहभागी कार्यक्रममा अधिवेशन बहिष्कार गरिएको घोषणा गरिएको हो।
नेताहरूले अध्यक्ष पदका उम्मेदवार तथा पूर्व राज्यमन्त्री योगेन्द्र राय यादवको प्यानललाई पराजित गर्नका लागि नक्कली मतदाता प्रयोग गरिएको आरोप लगाएका छन्।
उनीहरूले पार्टी विधानविपरीत सर्लाहीमा ४८ जना, मनोनयनका रूपमा २५ जना र वर्गीय संगठनका धेरैजना अवैधानिक प्रतिनिधि समावेश गरिएको दाबी गर्दै, ती मत रद्द नगरिएसम्म अधिवेशनलाई “कर्मकाण्डी” भन्दै अस्वीकार गर्ने बताएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव