ई-मधेश न्युज
जनमत र एकीकृत समाजवादीका दुई मन्त्रीले लिए विनाविभागीय सपथ
ईमधेश न्युज सम्वाददाता,
जनकपुरधाम, ३० असोज ।
मधेश प्रदेश सरकारमा नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन्।
जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादव र नेकपा (एकीकृत समाजवादी) का कनिष पटेलले बुधबार विनाविभागीय मन्त्रीका रूपमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट सपथ लिएका हुन्।
प्रदेश प्रमुख भण्डारीले दुबै जनालाई मुख्यमन्त्री जितेन्द्र सोनलको सिफारिसमा मन्त्री पदमा नियुक्त गरेकी हुन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको नेतृत्वमा गठन भएको नयाँ सरकारमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहभागी रहेका छन्।