emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधेस प्रदेश प्रमुखद्वारा मुख्यमन्त्री सिंहको राजीनामा स्वीकृत

source e-Madhesh २०८२ आश्विन २८ गते , मंगलबार
0
Shares
25
Views
मधेस प्रदेश प्रमुखद्वारा मुख्यमन्त्री सिंहको राजीनामा स्वीकृत

ईमधेश न्युज सम्वाददाता,
जनकपुरधाम, २८ असोज ।
मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सतिशकुमार सिंहले दिएको राजीनामा स्वीकृत गरेकी छन्। प्रदेश प्रमुखको कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार सिंहको राजीनामा स्वीकृत गरिएको जानकारी दिएको हो।
यस्तै, संविधानको धारा १६९ उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको कार्यवाहक मन्त्रिपरिषद्को रूपमा कार्यभार सञ्चालन गर्न तोकिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्ति कार्यालयका निमित्त सचिव शत्रुधन यादवद्वारा जारी गरिएको हो। मुख्यमन्त्री सिंहले मंगलबार विश्वासको मत सामना नगरी प्रदेश सभाको रोष्टमबाटै राजीनामाको घोषणा गरेका थिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव