ई-मधेश न्युज
जेनजी नेता पप्पु कुमार यादवद्वारा बोदेबर्साइन–१० को श्रीपुरमा बल्ब र भेपर जडान
उमेश कुमार यादव,
राजविराज, २७ असोज ।
बोदेबर्साइन नगरपालिका–१० खडगपुरका जेनजी पुस्ताका नेता पप्पु कुमार यादवले दिपावली र छठ पर्वलाई लक्षित गर्दै श्रीपुरमा १९ वटा बल्ब र एक थान भेपर सहयोग गरेका छन्। उक्त सामग्री वडा सदस्य श्रीपुर निवासी मौखली मियाँलाई औपचारिक रूपमा बुझाइ जडान गरिएको होे ।
यादवले प्रदान गरेका बल्बहरू शोशिया मन्दिर, मस्जिद र विभिन्न चौकहरूमा जडान गरिएको जनाइएको छ। स्थानीयका अनुसार, यसले आगामी पर्वमा रातिको समयमा आवतजावत सहज बनाउने र सार्वजनिक स्थलहरू उज्यालो राख्ने कार्यमा सहयोग पु¥याउनेछ।
नेता यादवले कार्यक्रममा बोल्दै भने, “स्थानीय विकास र सुधारका लागि मेरो प्रयास निरन्तर रहनेछ । सानो सहयोगले पनि समुदायमा ठूलो परिवर्तन ल्याउन सकिन्छ।”
त्यस्तै, वडा सदस्य मौखली मियाँले यादवप्रति धन्यवाद व्यक्त गर्दै भने, “साझ समयमा यहाँका बासिन्दाहरूलाई अन्धकारमा हिँड्न अप्ठ्यारो भएको थियो, यो पहलले धेरै सहयोग पु¥याउनेछ।”
जडान कार्यमा मिस्त्री राजा यादव, नितिश यादव, चिरन जिबि यादव, दुर्गानन्द यादव र गुनाइ मण्डलले सहयोग गरेका थिए।
स्थानीय बासिन्दाहरूले यस पहललाई स्वागत गर्दै यसले समुदायमा सहकार्य र मिलनको भावना बढाएको प्रतिक्रिया दिएका छन्।
नेता यादवले यस अघि पनि वडा कार्यलयलाई १० वटा कुर्सी हस्तान्तरण गरेका थिए ।